तातोपानी नाका पूर्णरुपमा खोल्न कूटनीतिक पहल गर्नुपर्छ: स्वास्थ्यमन्त्री बस्नेत

तातोपानी नाका पूर्णरुपमा खोल्न कूटनीतिक पहल गर्नुपर्छ: स्वास्थ्यमन्त्री बस्नेत : Icon Khabar
फाईल तस्बिर

सिन्धुपाल्चोक, असार २२ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सन् २०१५ को विनाशकारी गोरखा भूकम्पबाट ठूलो क्षति बेहोरेको तातोपानी नाका पूर्णरुपमा खोल्न कूटनीतिक पहल गर्नुपर्ने बताएका छन्।

सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको बिहीबार उद्घाटन गर्दै मन्त्री बस्नेतले नेपालले चीनलाई सीमा नाका पुनः सञ्चालन गर्न मनाउनुपर्ने बताए ।

‘लामो समयदेखि तातोपानी नाका सञ्चालनमा आउन सकेको छैन। सरकारले चिनियाँ सरकारलाई कूटनीतिक तवरले नाका खोल्न मनाउनुपर्छ, राजनीतिक तहमा वार्ता भइरहेको छ,’ बस्नेतले भने।

नाका बन्द भएपछि यस क्षेत्रको जनजीवन प्रत्यक्ष प्रभावित भएको छ ।

अर्कै कुरामा मन्त्री बस्नेतले निर्माण कार्यपछि आर्थिक वर्षको अन्त्यमा भुक्तानी दिने प्रचलन परिवर्तन गर्नुपर्ने बताए । उनले गुणस्तरीय निर्माण कार्यलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

उनले नागरिकलाई आधारभूत शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार लागिपरेको बताए ।

Published Date: 07 July 2023
Website | + posts




ताजा
सुन र चाँदीको मूल्यमा भारी गिरावट, एकैदिन सुन तोलामा ६ हजार ३०० रुपैयाँले घट्यो
‘वाक ग्रिन, किप इट क्लिन’ नारासहित बोकाचो गढीमा मिस्टर एण्ड मिस मोडर्नको पदयात्रा
आजदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा पशु वधशाला तथा मासु जाँच ऐन लागू
फाइनल यात्राका लागि लुम्बिनी र सुदूरपश्चिमबीच महासंग्राम, पहिलो क्वालिफायरमा कसले मार्ला बाजी?


ट्रेन्डिङ
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
भिन्तुनाको नाममा विकृति कि उत्सव? टौमढीमा पटाका पड्किएपछि प्रशासनमाथि प्रश्नैप्रश्न
भक्तपुरमा लागूऔषधसहित दुई जना पक्राउ