मनसुनी वायुको प्रभावले आज देशभर भारी वर्षाको सम्भावना

मनसुनी वायुको प्रभावले आज देशभर भारी वर्षाको सम्भावना : Icon Khabar

काठमाडौँ, असार २२ । मनसुनी वायुको प्रभावले आज देशभर भारी वर्षाको सम्भावना छ । देशभर सामान्यदेखि पूर्ण बदली रही वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मनसुनी वायुको प्रभावले कोशी, बागमती, गण्डकी, र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ–गर्जन/चट्याङ्गसहित वर्षा हुनेछ । तराईका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रही हल्कादेखि मध्यम वर्षा भइरहेको छ । राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघ–गर्जन÷चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

Published Date: 07 July 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु