भारतीय शेयर बजार हालसम्मकै उच्च भएर नयाँ रेकर्ड कायम

भारतीय शेयर बजार हालसम्मकै उच्च भएर नयाँ रेकर्ड कायम : Icon Khabar

काठमाडौँ, असार २१ । बिहीबार भारतीय शेयर बजार हालसम्मकै उच्च भएर नयाँ रेकर्ड कायम गरेको छ । कारोबारको क्रममा सेन्सेक्सले ६५,६८४ र निफ्टिले १९,४७० विन्दु छोएकाे थियाे। यसअघि सेन्सेक्स ५५ अंकले घटेर ६५,३९१ को स्तरमा खुलेकाे थियाे ।

योसँगै निफ्टी पनि १३ अंकले घटेर १९,३८५ को स्तरमा खुलेकाे थियाे । बिहीबार डलरको तुलनामा भारतीय रुपैयाँ १५ पैसा कमजोर रहेकाे छ। यस दिन भारतमा एक डलर बराबर ८२.३७ रूपैयाँ पर्ने भएकाे छ ।

यतिबेला सेन्सेक्स ६५,६३९ विन्दुमा काराेबार भइरहेकाे छ । याे समाचार तयार पार्दासम्म निफ्टि भने १९,४५६ विन्दुमा रहेकाे छ ।

Published Date: 06 July 2023


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै