चालु आवको जेठसम्ममा १२ अर्ब रुपैयाँ भन्दा बढीको बीमा पोलिसी सरेन्डर

चालु आवको जेठसम्ममा १२ अर्ब रुपैयाँ भन्दा बढीको बीमा पोलिसी सरेन्डर : Icon Khabar

काठमाडौँ, असार २० । चालु आर्थिक वर्षको जेठसम्ममा बीमितहरुले १२ अर्ब रुपैयाँ भन्दा बढीको बीमा पोलिसी त्याग (सरेन्डर) गरेका छन् । बीमा प्राधिकरणको तथ्यांक अनुसार चालु आर्थिक वर्षको यस अवधिमा जीवन बीमा कम्पनीका बीमितहरुले १२ अर्ब २ करोड ३१ लाख रुपैयाँ बराबरको ८६ हजार ३८० वटा बीमालेख सरेन्डर गरेका हुन् ।

जीवन बीमा कम्पनीहरुका बीमितहरुले चालु आर्थिक वर्षको साउनमा १ अर्ब १५ करोड २७ लाख रुपैयाँ बराबरको ८ हजार ४२२ वटा, भदौमा १ अर्ब १४ करोड ८६ लाख रुपैयाँ बराबरको ८ हजार ५२ वटा, असोजमा ७७ करोड ३२ लाख रुपैयाँ बराबरको ६ हजार ६३ वटा बीमालेख, कात्तिकमा १ अर्ब ११ करोड ९७ लाख रुपैयाँ बराबरको ६ हजार ७४६ वटा बीमालेख, मंसिरमा १ अर्ब १ करोड ६२ लाख रुपैयाँ बराबरको ७ हजार ६५० वटा बीमालेखहरु त्याग गरेका थिए ।

यस्तै पुसमा ८७ करोड ४३ लाख रुपैयाँ बराबरको ६ हजार ७८२ बीमालेख, माघमा १ अर्ब ३२ करोड ७७ लाख रुपैयाँ बराबरको ९ हजार ८३९ वटा बीमालेख, फागुनमा १ अर्ब ८ करोड २६ लाख रुपैयाँ बराबरको ८ हजार ९३९ वटा बीमालेख, चैतमा १ अर्ब १८ करोड ६ लाख रुपैयाँ बराबरको ९ हजार ३५८ वटा बीमालेख, बैशाखमा १ अर्ब ३० करोड ८६ लाख रुपैयाँ बराबरको १० हजार ७९७ वटा बीमालेख र जेठमा १ अर्ब ३ करोड ८९ लाख रुपैयाँ बराबरको ९ हजार ७३३ वटा बीमालेखहरु बीमितले त्याग गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 July 2023
Website | + posts




ताजा
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ
काठमाडौँमा अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरीतका संरचना हटाउन निर्देशन
शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने