चालु आवको जेठसम्ममा १२ अर्ब रुपैयाँ भन्दा बढीको बीमा पोलिसी सरेन्डर

चालु आवको जेठसम्ममा १२ अर्ब रुपैयाँ भन्दा बढीको बीमा पोलिसी सरेन्डर : Icon Khabar

काठमाडौँ, असार २० । चालु आर्थिक वर्षको जेठसम्ममा बीमितहरुले १२ अर्ब रुपैयाँ भन्दा बढीको बीमा पोलिसी त्याग (सरेन्डर) गरेका छन् । बीमा प्राधिकरणको तथ्यांक अनुसार चालु आर्थिक वर्षको यस अवधिमा जीवन बीमा कम्पनीका बीमितहरुले १२ अर्ब २ करोड ३१ लाख रुपैयाँ बराबरको ८६ हजार ३८० वटा बीमालेख सरेन्डर गरेका हुन् ।

जीवन बीमा कम्पनीहरुका बीमितहरुले चालु आर्थिक वर्षको साउनमा १ अर्ब १५ करोड २७ लाख रुपैयाँ बराबरको ८ हजार ४२२ वटा, भदौमा १ अर्ब १४ करोड ८६ लाख रुपैयाँ बराबरको ८ हजार ५२ वटा, असोजमा ७७ करोड ३२ लाख रुपैयाँ बराबरको ६ हजार ६३ वटा बीमालेख, कात्तिकमा १ अर्ब ११ करोड ९७ लाख रुपैयाँ बराबरको ६ हजार ७४६ वटा बीमालेख, मंसिरमा १ अर्ब १ करोड ६२ लाख रुपैयाँ बराबरको ७ हजार ६५० वटा बीमालेखहरु त्याग गरेका थिए ।

यस्तै पुसमा ८७ करोड ४३ लाख रुपैयाँ बराबरको ६ हजार ७८२ बीमालेख, माघमा १ अर्ब ३२ करोड ७७ लाख रुपैयाँ बराबरको ९ हजार ८३९ वटा बीमालेख, फागुनमा १ अर्ब ८ करोड २६ लाख रुपैयाँ बराबरको ८ हजार ९३९ वटा बीमालेख, चैतमा १ अर्ब १८ करोड ६ लाख रुपैयाँ बराबरको ९ हजार ३५८ वटा बीमालेख, बैशाखमा १ अर्ब ३० करोड ८६ लाख रुपैयाँ बराबरको १० हजार ७९७ वटा बीमालेख र जेठमा १ अर्ब ३ करोड ८९ लाख रुपैयाँ बराबरको ९ हजार ७३३ वटा बीमालेखहरु बीमितले त्याग गरेका हुन् ।

Published Date: 05 July 2023


ताजा
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
शुक्रबार बिहान ५–६ बजे प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने
चीनका शहरमा सेलिब्रिटी होइन, वैज्ञानिकका तस्वीर; नेपालमा पनि यस्तो अभियान सुरु गर्ने हो कि?
कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग