राष्ट्रपति पौडेललाई सहयोग गर्न भन्दै देशका विभिन्न स्थानमा एक रुपैयाँ संकलन अभियान

राष्ट्रपति पौडेललाई सहयोग गर्न भन्दै देशका विभिन्न स्थानमा एक रुपैयाँ संकलन अभियान : Icon Khabar

काठमाडौं, असार २० । राष्ट्रपति रामचन्द्र पौडेललाई सहयोग गर्न भन्दै देशका विभिन्न स्थानमा एक रुपैयाँ संकलन अभियानको थालनी भएको छ । काठमाडौं तथा चितवनसहित विभिन्न जिल्लाका विद्यार्थीहरुले राष्ट्रपतिलाई उपचार खर्च भन्दै एक रुपैयाँ संकलन गर्ने अभियान थालेका हुन् ।

नेकपा एमालेनिकट अनेरास्ववियु चितवनले राष्ट्रपतिको सहयोगार्थ १ रुपैयाँ अभियान थालेको छ । यसबाहेक काठमाडौं, सुनसरी, मोरङसहितका जिल्लामा पनि राष्ट्रपतिका लागि १ रुपैयाँ संकलन अभियान चलाइने तयारी भैरहेको छ ।

राष्ट्रपति पौडेलले गत वैशाख ६ गतेदेखि १७ गतेसम्म भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचार गर्दा लागेको ५५ लाख २ हजार रूपैयाँ सरकारले दिनु पर्ने बताएका छन् । उपचारका लागि जाँदा एयर एम्बुलेन्सका रुपमा प्रयोग गरेको श्री एयरको जहाजको भाडा र आउँदाको खर्चसहित ५५ लाख २ हजार रुपैयाँ निकासाका लागि मंगलबार परारष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्र लेखेको छ ।

यसअघि गत वैशाख १९ गते प्रेस संयोजक खिला कार्कीले उपचार खर्च राष्ट्रपति पौडेलले उक्त उपचार खर्च आफैं ब्यहोर्न चाहेको उल्लेख गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 July 2023
Website | + posts




ताजा
तीन महिनामा थपियो ५० अर्ब ६० करोड रुपैयाँ बराबर सरकारी ऋण
कर्णालीका हिमाली जिल्लाहरूमा अत्यधिक हिमपात
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने