राष्ट्रपति पौडेललाई सहयोग गर्न भन्दै देशका विभिन्न स्थानमा एक रुपैयाँ संकलन अभियान

राष्ट्रपति पौडेललाई सहयोग गर्न भन्दै देशका विभिन्न स्थानमा एक रुपैयाँ संकलन अभियान : Icon Khabar

काठमाडौं, असार २० । राष्ट्रपति रामचन्द्र पौडेललाई सहयोग गर्न भन्दै देशका विभिन्न स्थानमा एक रुपैयाँ संकलन अभियानको थालनी भएको छ । काठमाडौं तथा चितवनसहित विभिन्न जिल्लाका विद्यार्थीहरुले राष्ट्रपतिलाई उपचार खर्च भन्दै एक रुपैयाँ संकलन गर्ने अभियान थालेका हुन् ।

नेकपा एमालेनिकट अनेरास्ववियु चितवनले राष्ट्रपतिको सहयोगार्थ १ रुपैयाँ अभियान थालेको छ । यसबाहेक काठमाडौं, सुनसरी, मोरङसहितका जिल्लामा पनि राष्ट्रपतिका लागि १ रुपैयाँ संकलन अभियान चलाइने तयारी भैरहेको छ ।

राष्ट्रपति पौडेलले गत वैशाख ६ गतेदेखि १७ गतेसम्म भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचार गर्दा लागेको ५५ लाख २ हजार रूपैयाँ सरकारले दिनु पर्ने बताएका छन् । उपचारका लागि जाँदा एयर एम्बुलेन्सका रुपमा प्रयोग गरेको श्री एयरको जहाजको भाडा र आउँदाको खर्चसहित ५५ लाख २ हजार रुपैयाँ निकासाका लागि मंगलबार परारष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्र लेखेको छ ।

यसअघि गत वैशाख १९ गते प्रेस संयोजक खिला कार्कीले उपचार खर्च राष्ट्रपति पौडेलले उक्त उपचार खर्च आफैं ब्यहोर्न चाहेको उल्लेख गरेका थिए ।

Published Date: 05 July 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु