राष्ट्रपति पौडेलले भारतमा गराएको उपचारको खर्च सरकारले बेहोर्ने मन्त्रिपरिषद्काे निर्णय

राष्ट्रपति पौडेलले भारतमा गराएको उपचारको खर्च सरकारले बेहोर्ने मन्त्रिपरिषद्काे निर्णय : Icon Khabar

काठमाडौँ, असार २० । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको उपचार खर्च सरकारले बेहोर्ने भएको छ । मन्त्रिपरिषद्काे बैठकले राष्ट्रपति पौडेलले भारतमा गराएको उपचारको खर्च बेहोर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्ले गरेको निर्णय परराष्ट्र मन्त्रालयले १५ गते पाएको र त्यसअनुसार रकम निकासाका लागि अर्थ मन्त्रालयलाई अनुरोध गरिएको छ । परराष्ट्र मन्त्रालयले चार्टर गरेको एयर एम्बुलेन्स र नेपाल एयरलाइन्सको भाडा स्वरूप ५५ लाख २ हजार २७९ रूपैयाँ तिर्न भन्दै सोमबार अर्थ मन्त्रालयलाई चिठी पठाएको थियाे ।

यसअघि राष्ट्रपतिको स्वकिय सचिवालयले वैशाख १९ गते एक विज्ञप्ती निकाल्दै भारतको नयाँ दिललीस्थित एम्समा भएको उपचार खर्चले बेहोर्न चाहेको बताएको थियो ।

Published Date: 05 July 2023


ताजा
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
शुक्रबार बिहान ५–६ बजे प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने
चीनका शहरमा सेलिब्रिटी होइन, वैज्ञानिकका तस्वीर; नेपालमा पनि यस्तो अभियान सुरु गर्ने हो कि?
कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग