अनभेरिफाइड ट्वीटर प्रयोगकर्ताहरुले एक दिनमा जम्मा ८०० वटासम्म मात्रै ट्वीट पढ्न पाउने

अनभेरिफाइड ट्वीटर प्रयोगकर्ताहरुले एक दिनमा जम्मा ८०० वटासम्म मात्रै ट्वीट पढ्न पाउने : Icon Khabar

काठमाडौँ, असार १९ । एलन मस्कले ट्वीटरमा केही नयाँ नियमहरुको घोषणा गरेका छन् । जसअनुसार अब निलो टिको नलिएका अर्थात् अनभेरिफाइड ट्वीटर अकाउन्ट प्रयोगकर्ताहरुले एक दिनमा जम्मा ८०० वटासम्म मात्रै ट्वीट पढ्न पाउनेछन् ।

वास्तवमा मस्क अक्सर आफ्ना निर्णयहरुका कारण सदैव चर्चाको शिखरमा रहने गर्दछन् र यसपटक उनले आम ट्वीटर प्रयोगकर्ताका लागि झस्काउने खालको घोषणा गरेका छन् । एक ट्वीट गर्दै मस्कले ट्वीटर प्रयोगकर्ताले हरेक दिन हेर्न पाउने ट्वीटहरुको संख्या निर्धारण गरिदिएका छन् ।

मस्कले एक ट्वीट गर्दै डेटाको दोहन र सिस्टममै छेडछाडको चरम तहलाई सम्बोधन गर्नका लागि ट्वीटरमा दैनिक हेर्न पाइने अधिकतम ट्वीटको सीमा निर्धारण गरिएको दाबी गरेका छन् ।

मस्कका अनुसार अब निलो ब्याज लिएका अर्थात् ट्वीटर ब्लू सब्सक्राइब गरेका भेरिफाइड अकाउन्टबाट दैनिक ८ हजार सम्म ट्वीट पढ्न पाइनेछ । त्यस्तै पुराना अन भेरिफाइड अकाउन्टबाट दैनिक अधिकतम ८ सय वटा ट्वीट पढ्न पाइनेछ ।

नयाँ अनभेरिफाइड अकाउन्टहरुबाट भने दैनिक केवल ४ सयमात्रै ट्वीट पढ्न पाइने मस्कले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 July 2023
Website | + posts










ताजा
खानेपानीमन्त्री यादवद्धारा राति छड्के अनुगमन तथा निरीक्षण
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
अब अमेरिका भ्रमण गर्न चाहने व्यक्तिले २५० अमेरिकी डलर भिसा इन्टेग्रिटी शुल्क तिर्नुपर्ने
ह्वावे पुनः चीनको स्मार्टफोन बजारमा शीर्ष स्थानमा










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट