अनभेरिफाइड ट्वीटर प्रयोगकर्ताहरुले एक दिनमा जम्मा ८०० वटासम्म मात्रै ट्वीट पढ्न पाउने

अनभेरिफाइड ट्वीटर प्रयोगकर्ताहरुले एक दिनमा जम्मा ८०० वटासम्म मात्रै ट्वीट पढ्न पाउने : Icon Khabar

काठमाडौँ, असार १९ । एलन मस्कले ट्वीटरमा केही नयाँ नियमहरुको घोषणा गरेका छन् । जसअनुसार अब निलो टिको नलिएका अर्थात् अनभेरिफाइड ट्वीटर अकाउन्ट प्रयोगकर्ताहरुले एक दिनमा जम्मा ८०० वटासम्म मात्रै ट्वीट पढ्न पाउनेछन् ।

वास्तवमा मस्क अक्सर आफ्ना निर्णयहरुका कारण सदैव चर्चाको शिखरमा रहने गर्दछन् र यसपटक उनले आम ट्वीटर प्रयोगकर्ताका लागि झस्काउने खालको घोषणा गरेका छन् । एक ट्वीट गर्दै मस्कले ट्वीटर प्रयोगकर्ताले हरेक दिन हेर्न पाउने ट्वीटहरुको संख्या निर्धारण गरिदिएका छन् ।

मस्कले एक ट्वीट गर्दै डेटाको दोहन र सिस्टममै छेडछाडको चरम तहलाई सम्बोधन गर्नका लागि ट्वीटरमा दैनिक हेर्न पाइने अधिकतम ट्वीटको सीमा निर्धारण गरिएको दाबी गरेका छन् ।

मस्कका अनुसार अब निलो ब्याज लिएका अर्थात् ट्वीटर ब्लू सब्सक्राइब गरेका भेरिफाइड अकाउन्टबाट दैनिक ८ हजार सम्म ट्वीट पढ्न पाइनेछ । त्यस्तै पुराना अन भेरिफाइड अकाउन्टबाट दैनिक अधिकतम ८ सय वटा ट्वीट पढ्न पाइनेछ ।

नयाँ अनभेरिफाइड अकाउन्टहरुबाट भने दैनिक केवल ४ सयमात्रै ट्वीट पढ्न पाइने मस्कले बताएका छन् ।

Published Date: 04 July 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी