नेपालका स्पिनर सन्दीपलाई टेक्टरको विकेट

नेपालका स्पिनर सन्दीपलाई टेक्टरको विकेट : Icon Khabar

काठमाडौँ, असार १९ । नेपालका स्पिनर सन्दीप लामिछानेले आइसिसी विश्वकप छनोटको प्लेअफ खेलमा आयरल्यान्डका ब्याटर ह्यारी टेक्टरको विकेट लिएका छन् । जितको लागि २ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले २७ ओभरमा ५ विकेट गुमाउँदै १ सय ३६ रन बनाएको छ ।

कर्टिस क्याम्फर ८ र जर्ज डोकरेल १ रनमा क्रिजमा छन् । टेक्टर ७६ बलमा ४ चौका र २ छक्कासहित ६० रनमा क्याच आउट भए । उनी २६ औं ओभरको अन्तिम बलमा गुलशन झाबाट क्याच आउट भएका थिए । त्यसअघि टेक्टरकले सन्दीपको १५ औं ओभरको तेस्रो बलमा लङअनमा किशोर महतोले क्याच छाड्दा ब्यक्तिगत २१ रनमा जविनदान पाएका थिए ।

तीव्र गतिका बलर करण केसीले पाँचौं ओभरको पाँचौं बलमा ओपनर एन्डी म्याकब्रिनलाई १७ रनमा प्वाइन्टमा कुशल भुर्तेलबाट क्याच आउट भए । उनले १९ बलमा ३ चौका प्रहार गरे । अर्को ओभरमा किशोर महतोले कप्तान एन्डी बालबर्नीलाई प्वाइन्टमै एक रनमा दीपेन्द्रबाट क्याच गराएपछि राम्रो सुरुवात गरेको हो । आफ्नो ओडिआई करिअरको दोस्रो खेल खेलेका किशोरको यो पहिलो विकेट हो ।

गुलशनले १२ औं ओभरको अन्तिम बलमा ओपनर पल स्टरलिङलाई १५ रनमा बोल्ड आउट गरे । उनी एज लागेर बोल्ड हन पुगेका थिए । स्टरलिङले २४ बलमा २ चौका प्रहार गरे ।

Published Date: 04 July 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी