नेपालका स्पिनर सन्दीपलाई टेक्टरको विकेट

नेपालका स्पिनर सन्दीपलाई टेक्टरको विकेट : Icon Khabar

काठमाडौँ, असार १९ । नेपालका स्पिनर सन्दीप लामिछानेले आइसिसी विश्वकप छनोटको प्लेअफ खेलमा आयरल्यान्डका ब्याटर ह्यारी टेक्टरको विकेट लिएका छन् । जितको लागि २ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले २७ ओभरमा ५ विकेट गुमाउँदै १ सय ३६ रन बनाएको छ ।

कर्टिस क्याम्फर ८ र जर्ज डोकरेल १ रनमा क्रिजमा छन् । टेक्टर ७६ बलमा ४ चौका र २ छक्कासहित ६० रनमा क्याच आउट भए । उनी २६ औं ओभरको अन्तिम बलमा गुलशन झाबाट क्याच आउट भएका थिए । त्यसअघि टेक्टरकले सन्दीपको १५ औं ओभरको तेस्रो बलमा लङअनमा किशोर महतोले क्याच छाड्दा ब्यक्तिगत २१ रनमा जविनदान पाएका थिए ।

तीव्र गतिका बलर करण केसीले पाँचौं ओभरको पाँचौं बलमा ओपनर एन्डी म्याकब्रिनलाई १७ रनमा प्वाइन्टमा कुशल भुर्तेलबाट क्याच आउट भए । उनले १९ बलमा ३ चौका प्रहार गरे । अर्को ओभरमा किशोर महतोले कप्तान एन्डी बालबर्नीलाई प्वाइन्टमै एक रनमा दीपेन्द्रबाट क्याच गराएपछि राम्रो सुरुवात गरेको हो । आफ्नो ओडिआई करिअरको दोस्रो खेल खेलेका किशोरको यो पहिलो विकेट हो ।

गुलशनले १२ औं ओभरको अन्तिम बलमा ओपनर पल स्टरलिङलाई १५ रनमा बोल्ड आउट गरे । उनी एज लागेर बोल्ड हन पुगेका थिए । स्टरलिङले २४ बलमा २ चौका प्रहार गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 July 2023
Website | + posts




ताजा
सामसङ नेपालद्वारा ‘शार्क ट्याङ्क नेपाल’ का शार्कहरूलाई ग्यालेक्सी जेड फोल्ड ७ प्रदान
अमेरिकासँग नेपाल १ सय ६ रनले पराजित
सरकारले तोकेको मूल्यमा किसानको धान खरिद गर्ने
आगामी फागुन २१ हुने निर्वाचनका लागि कार्तिक २१ गतेभित्र दल दर्ता गरिसक्नुपर्ने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने