निगमले हवाई इन्धनको मूल्य घटाएपछि आन्तरिक उडानको भाडा घट्यो

निगमले हवाई इन्धनको मूल्य घटाएपछि आन्तरिक उडानको भाडा घट्यो : Icon Khabar

काठमाडौं, असार १९ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएपछि आन्तरिक उडानको भाडा घटेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार रुटका आधारमा आन्तरिक उडानका लागि न्यूनतम ६० रुपैयाँबाट बढीमा ७५० रुपैयाँसम्म भाडादर घटाइएको छ । संशोधित हवाई भाडादर मंगलबारदेखि लागू हुने भएको छ ।

निगमले सोमबार हवाई इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँ घटाएको हो । प्रतिलिटर १ सय ५० रुपैयाँ रहेको हवाई इन्धनको मूल्य अहिले ९ दशमलव ३ प्रतिशतले घटाएर १ सय ३६ रुपैयाँ कायम गरिएको छ ।

क्यानका अनुसार विराटनगरदेखि नेपालगञ्जसम्मको लामो रुट (१००.९ मिनेट) को नयाँ हवाई भाडा प्रति टिकट ७५० रुपैयाँले घटाएर ७ हजार ३०५ रुपैयाँ तोकिएको छ ।

काठमाडौंदेखि धनगढीसम्मको सबैभन्दा टाढाको रुट (८९.०९ मिनेट)को हवाई भाडा ६ सय १५ रुपैयाँले घटेर ६ हजार १० पुगेको छ ।

काठमाडौं–पहाड उडानका लागि ४८५ रुपैयाँ, काठमाडौं–भद्रपुरमा ४२० रुपैयाँ, काठमाडौं–विराटनगरको ३ सय ३५ रुपैयाँ, काठमाडौं–जनकपुरमा १८० रुपैयाँ, काठमाडौं–भरतपुरको भाडामा १ सय ५० रुपैयाँ, काठमाडौं–भद्रपुरको भाडामा ५ रुपैयाँले घटेको छ । काठमाडौं–भैरवा रु २८५, काठमाडौँ–नेपालगन्ज रु ४५५, काठमाडौँ–तुम्लिङटार रु दुई हजार ६०९ र काठमाडौँ–सिमरा रु १२५ ले भाडा तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 July 2023
Website | + posts










ताजा
खानेपानीमन्त्री यादवद्धारा राति छड्के अनुगमन तथा निरीक्षण
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
अब अमेरिका भ्रमण गर्न चाहने व्यक्तिले २५० अमेरिकी डलर भिसा इन्टेग्रिटी शुल्क तिर्नुपर्ने
ह्वावे पुनः चीनको स्मार्टफोन बजारमा शीर्ष स्थानमा










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट