निगमले हवाई इन्धनको मूल्य घटाएपछि आन्तरिक उडानको भाडा घट्यो

निगमले हवाई इन्धनको मूल्य घटाएपछि आन्तरिक उडानको भाडा घट्यो : Icon Khabar

काठमाडौं, असार १९ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएपछि आन्तरिक उडानको भाडा घटेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार रुटका आधारमा आन्तरिक उडानका लागि न्यूनतम ६० रुपैयाँबाट बढीमा ७५० रुपैयाँसम्म भाडादर घटाइएको छ । संशोधित हवाई भाडादर मंगलबारदेखि लागू हुने भएको छ ।

निगमले सोमबार हवाई इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँ घटाएको हो । प्रतिलिटर १ सय ५० रुपैयाँ रहेको हवाई इन्धनको मूल्य अहिले ९ दशमलव ३ प्रतिशतले घटाएर १ सय ३६ रुपैयाँ कायम गरिएको छ ।

क्यानका अनुसार विराटनगरदेखि नेपालगञ्जसम्मको लामो रुट (१००.९ मिनेट) को नयाँ हवाई भाडा प्रति टिकट ७५० रुपैयाँले घटाएर ७ हजार ३०५ रुपैयाँ तोकिएको छ ।

काठमाडौंदेखि धनगढीसम्मको सबैभन्दा टाढाको रुट (८९.०९ मिनेट)को हवाई भाडा ६ सय १५ रुपैयाँले घटेर ६ हजार १० पुगेको छ ।

काठमाडौं–पहाड उडानका लागि ४८५ रुपैयाँ, काठमाडौं–भद्रपुरमा ४२० रुपैयाँ, काठमाडौं–विराटनगरको ३ सय ३५ रुपैयाँ, काठमाडौं–जनकपुरमा १८० रुपैयाँ, काठमाडौं–भरतपुरको भाडामा १ सय ५० रुपैयाँ, काठमाडौं–भद्रपुरको भाडामा ५ रुपैयाँले घटेको छ । काठमाडौं–भैरवा रु २८५, काठमाडौँ–नेपालगन्ज रु ४५५, काठमाडौँ–तुम्लिङटार रु दुई हजार ६०९ र काठमाडौँ–सिमरा रु १२५ ले भाडा तोकेको छ ।

Published Date: 04 July 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी