गुलशन र सन्दीपको कीर्तिमानी ब्याटिङमा आयरल्यान्डलाई प्रतिस्पर्धात्मक लक्ष्य

गुलशन र सन्दीपको कीर्तिमानी ब्याटिङमा आयरल्यान्डलाई प्रतिस्पर्धात्मक लक्ष्य : Icon Khabar

काठमाडौँ, असार १९ । सन्दीप लामिछाने र गुलशन झाको उत्कृष्ट ब्याटिङमा नेपालले आइसिसी विश्वकप छनोटको प्लेअफ अन्तर्गत सातौं स्थानको लागि आयरल्यान्डलाई २ सय ६९ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

Gulshan Jha

Gulshan Jha

जिम्बावेको ताकाशिंका क्रिकेट स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ६८ रन बनायो । नेपालका गुलशन झा ४२ बलमा ४ चौका र ३ छक्कासहित ५७ रनमा नटआउट रहे ।

सन्दीप लामिछाने ३० बलमा ३ चौका र १ छक्कासहित ३२ रनमा क्याच आउट भए । आठौं विकेटका सन्दीप र गुलशन झाले ८० रनको कीर्तिमानी साझेदारी गरे । यो नेपालबाट ओडिआईमा आठौं नम्बरको लागि भएको उच्च साझेदारी हो । यअअघि आठौं विकेटका लागि दीपेन्द्र र सन्दीपले आइतबार युएईविरुद्ध ७९ रनको साझेदारी गरेका थिए ।

नेपाललाई ओपनर कुशल भुर्तेल र अर्जुन साउदले पहिलो विकेटका लागि ८.१ ओभरमा २७ रन बनाउँदै मध्यम सुरुवात दिलाएका थिए । तीव्र गतिका बलर क्रेग योंगको बलमा कुशल भुर्तेल ८ रनमा समातिन पुगे । कुशलले १९ बलमा २ चौका प्रहार गरे । ज्ञानेन्द्र मल्ल १३ बलमा १ चौकासहित ७ रनमा आउट भए । उनी क्रेग योंगको बलमा एज लागेर विकेटकिपर लोर्कान टकरबाटनै क्याच आउट हुन पुगे ।

स्पिनर ग्यारेथ डेलानीको २६ औं ओभरको अन्तिम बलमा अर्जुन एलबीडब्लू आउट भएपछि अर्धशतकबाट चुकेका हुन् । अर्जुनले ८४ बलमा ३ चौका र २ छक्कासहित ४८ रन बनाए । अर्जुनले तेस्रो विकेटका लागि कप्तान रोहित पौडेलसँग ५० रनको साझेदारी गरेका थिए ।

रोहित कर्टिस क्याम्फरको बलमा एज लागेर विकेटकिपर लोर्कान टकरबाट सहज क्याच आउट भए । रोहितले ३५ बलमा २ चौका र १ छक्कासहित २९ रन बनाए । कुशल मल्ल ३८ बलमा ५ चौका र २ छक्कासहित ४४ रनमा क्याच आउट भए । उनी तीव्र गतिका बलर ब्यारी म्याकार्थीको बलमा मिडअफमा ह्यारी टेक्टरबाट समातिन पुगे ।

म्याकार्थीकै बलमा भीम सार्की २० रनमा समातिन पुगे । युएईलाई हराउन उत्कृष्ट प्रदर्शन गरेका दीपेन्द्र आयरल्यान्डविरुद्ध भने खाता खोल्न नसकी आउट भए । दीपेन्द्र स्पिनर एन्डी म्याकर्बीको बल रिड गर्न नसक्दा दीपेन्द्र एलबीडब्लू आउटको शिकार बनेका थिए । करण केसी ४ रनमा आउट भए ।

आयरल्यान्डका ब्यारी म्याकार्थीले १० ओभरमा १ मेडनसहित ६३ रन खर्चेर २ विकेट लिए । मार्क आदिरले ९ ओभरमा १ मेडनसहित ४७ रन खर्चेर २ विकेट लिए । क्रेग योंगले ७ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए । कर्टिस क्याम्फर, ग्यारेथ डेलानी र एन्डी म्याकबर्नीले समान एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 July 2023
Website | + posts