मंगलबार नेप्से परिसूचक १२.७३ अंकले बढ्यो

मंगलबार नेप्से परिसूचक १२.७३ अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, असार १९ । मंगलबार नेप्से परिसूचक १२.७३ अंक बढेर २०८८.७० विन्दुमा पुगेको छ।

नेप्से परिसूचक बढेपनि आज कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन ४ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा आज २८२ स्टकको ४६ हजार ७३१ पटकको कारोबारमा २ अर्ब ५७ करोड ६१ लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.३६ प्रतिशत बढेको छ। त्यस्तै, वित्त, लगानी र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

Published Date: 04 July 2023