राष्ट्रियसभामा ‘आर्थिक विधेयक, २०८०’ र ‘राष्ट्रिय ऋण असुली विधेयक, २०८०’ पेस

राष्ट्रियसभामा ‘आर्थिक विधेयक, २०८०’ र ‘राष्ट्रिय ऋण असुली विधेयक, २०८०’ पेस : Icon Khabar

काठमाडौं, असार १९ । राष्ट्रियसभामा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०८०’ र ‘राष्ट्रिय ऋण असुली विधेयक, २०८०’ पेस भएको छ ।

मंगलबार बसेको राष्ट्रियसभाको बैठकमा राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले दुवै विधेयक संसदमा पेस गरेका हुन् ।

बैठकमा अहिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बजेट विनियोजनका विषयमा छलफल भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 July 2023
Website | + posts