सरकारले निजामती कर्मचारीका छोराछोरीलाई छात्रवृत्ति वितरण गर्न करिब १८ करोड रुपैयाँ खर्चने

सरकारले निजामती कर्मचारीका छोराछोरीलाई छात्रवृत्ति वितरण गर्न करिब १८ करोड रुपैयाँ खर्चने : Icon Khabar

काठमाडौं, असार १९ । सरकारले निजामती कर्मचारीका छोराछोरीलाई उच्च शिक्षाका लागि छात्रवृत्ति वितरण गर्न करिब १८ करोड रुपैयाँ खर्च गर्ने भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार यस वर्ष निजामती कर्मचारीका ६ सय ८७ बालबालिकाले शैक्षिक प्रोत्साहन भत्ता पाउनेछन् । मन्त्रालयले सोमबार स्नातक तहको प्रथम वर्ष वा प्रथम वा दोस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने जनाएको छ ।

तोकिएको प्रक्रिया र योग्यता पूरा गरेका विद्यार्थीका लागि सम्बन्धित निजामती कर्मचारीको बैंक खातामा १७ करोड ८१ लाख रुपैयाँ जम्मा गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार चिकित्सा संकायबाट १ सय ४४, स्वास्थ्य विज्ञानमा २९, आयुर्वेद १, इन्जिनियरिङमा २ सय २९, वनविज्ञानमा ५, कृषि विज्ञानमा ३६, विज्ञानमा १२, कानूनमा ४५ र व्यवस्थापनमा १ सय १९ विद्यार्थी उत्तीर्ण भएका छन् । त्यसैगरी शिक्षामा ४ जना, मानविकीतर्फ ११ जना र सूचना प्रविधि संकायका ५२ जना विद्यार्थी छात्रवृत्तिका लागि छनोट भएका छन् ।

मन्त्रालयले निजामती कर्मचारीका छोराछोरीलाई छात्रवृत्ति वितरण गर्ने कार्यविधि तयार गरेको छ । कार्यविधिमा सरकारले आवश्यक ठानेमा छात्रवृत्ति पाएका विद्यार्थीलाई एक वर्षभित्र जुनसुकै ठाउँमा रोजगारी दिन सक्ने व्यवस्था छ ।

संघीय मामिला मन्त्रालयका अनुसार हालसम्म निजामती कर्मचारीका दुई हजार ८७७ बालबालिकाले विभिन्न विषयमा उच्च शिक्षाका लागि छात्रवृत्ति पाएका छन् । निजामती कर्मचारीका छोराछोरीलाई उच्च शिक्षामा उत्प्रेरित गर्ने उद्देश्यले आर्थिक वर्ष २०६६/६७ देखि छात्रवृत्ति प्रदान गरिएको थियो । यो कार्यक्रमका लागि सरकारले हालसम्म रु ६० करोड ४० लाख खर्च गरिसकेको छ । यो कार्यक्रम आर्थिक वर्ष २०७३/७४ सम्म सञ्चालन भएको थियो । यो कार्यक्रम गत वर्षदेखि पुनः सञ्चालनमा आएको हो ।

Published Date: 04 July 2023






ताजा
बालप्रतिभाको रंगीन झल्को: मर्निङ्ग ग्लोरीको ७औँ वार्षिकोत्सव तथा दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न
सोमबार सुनको मूल्य आज तोलामा २ हजार ६ सय रुपैयाँले घट्यो
आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने
आजको मौसम : पहाडी तथा हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता