सरकारले निजामती कर्मचारीका छोराछोरीलाई छात्रवृत्ति वितरण गर्न करिब १८ करोड रुपैयाँ खर्चने

सरकारले निजामती कर्मचारीका छोराछोरीलाई छात्रवृत्ति वितरण गर्न करिब १८ करोड रुपैयाँ खर्चने : Icon Khabar

काठमाडौं, असार १९ । सरकारले निजामती कर्मचारीका छोराछोरीलाई उच्च शिक्षाका लागि छात्रवृत्ति वितरण गर्न करिब १८ करोड रुपैयाँ खर्च गर्ने भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार यस वर्ष निजामती कर्मचारीका ६ सय ८७ बालबालिकाले शैक्षिक प्रोत्साहन भत्ता पाउनेछन् । मन्त्रालयले सोमबार स्नातक तहको प्रथम वर्ष वा प्रथम वा दोस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने जनाएको छ ।

तोकिएको प्रक्रिया र योग्यता पूरा गरेका विद्यार्थीका लागि सम्बन्धित निजामती कर्मचारीको बैंक खातामा १७ करोड ८१ लाख रुपैयाँ जम्मा गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार चिकित्सा संकायबाट १ सय ४४, स्वास्थ्य विज्ञानमा २९, आयुर्वेद १, इन्जिनियरिङमा २ सय २९, वनविज्ञानमा ५, कृषि विज्ञानमा ३६, विज्ञानमा १२, कानूनमा ४५ र व्यवस्थापनमा १ सय १९ विद्यार्थी उत्तीर्ण भएका छन् । त्यसैगरी शिक्षामा ४ जना, मानविकीतर्फ ११ जना र सूचना प्रविधि संकायका ५२ जना विद्यार्थी छात्रवृत्तिका लागि छनोट भएका छन् ।

मन्त्रालयले निजामती कर्मचारीका छोराछोरीलाई छात्रवृत्ति वितरण गर्ने कार्यविधि तयार गरेको छ । कार्यविधिमा सरकारले आवश्यक ठानेमा छात्रवृत्ति पाएका विद्यार्थीलाई एक वर्षभित्र जुनसुकै ठाउँमा रोजगारी दिन सक्ने व्यवस्था छ ।

संघीय मामिला मन्त्रालयका अनुसार हालसम्म निजामती कर्मचारीका दुई हजार ८७७ बालबालिकाले विभिन्न विषयमा उच्च शिक्षाका लागि छात्रवृत्ति पाएका छन् । निजामती कर्मचारीका छोराछोरीलाई उच्च शिक्षामा उत्प्रेरित गर्ने उद्देश्यले आर्थिक वर्ष २०६६/६७ देखि छात्रवृत्ति प्रदान गरिएको थियो । यो कार्यक्रमका लागि सरकारले हालसम्म रु ६० करोड ४० लाख खर्च गरिसकेको छ । यो कार्यक्रम आर्थिक वर्ष २०७३/७४ सम्म सञ्चालन भएको थियो । यो कार्यक्रम गत वर्षदेखि पुनः सञ्चालनमा आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 July 2023
Website | + posts


ताजा
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
भारतको उत्तराखण्डमा धादिङका चारजना पनि सम्पर्कविहीन
साइलेन्ट हार्ट अट्याक किन हुन्छ?
भारतको उत्तराखण्डमा आएको बाढीमा परी जाजरकोटका १३ जनाभन्दा बढी सम्पर्कविहीन




ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुर झौखेलको हरियाली: असारमा रोपाइँ सकेपछि देखिएको रमणीय दृश्य (फोटो फिचर)