यो वर्ष वर्षायाममा कतै पनि खाद्यान्न अभाव हुँदैन: वाणिज्य तथा आपूर्ति मन्त्रालय

यो वर्ष वर्षायाममा कतै पनि खाद्यान्न अभाव हुँदैन: वाणिज्य तथा आपूर्ति मन्त्रालय : Icon Khabar

काठमाडौं, असार १९ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यो वर्ष वर्षायाममा कतै पनि खाद्यान्न अभाव नहुने बताएको छ । देशभरका गोदामहरूमा खाद्यान्नको राम्रो भण्डार रहेको र थप खाद्यान्न खरिद गरी आपूर्ति गर्ने प्रक्रिया अघि बढेको मन्त्रालयले जनाएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार हाल काठमाडौं उपत्यका र तराई जिल्लामा ३६ हजार ३५६ क्विन्टल खाद्यान्न मौज्दात रहेको छ ।
त्यस्तै दुर्गम जिल्लामा २५ हजार ५०५ क्विन्टल खाद्यान्न मौज्दात रहेको कम्पनीले जनाएको छ । अहिले २६ हजार ३७५ क्विन्टल धान मौज्दात छ ।

भारतबाट आयात कोटा अन्तर्गत साल्ट ट्रेडिङमार्फत कुल ३४ हजार ३२० क्विन्टल गहुँ तत्काल प्राप्त हुनेछ । कम्पनीसँग २ लाख ६६ हजार ३ सय क्विन्टल खाद्यान्न मौज्दात छ । प्रतियोगितामार्फत भएको सम्झौताअनुसार गोदाममा ८९ हजार १ सय क्विन्टल खाद्यान्न आइपुगेको छ भने भारतबाट आयात हुने खाद्यान्न लोड भइसकेको छ ।

चालू आर्थिक वर्षको असार २७ गतेसम्म दुर्गम जिल्लामा १७ हजार ८३० मेट्रिक टन खाद्यान्न आपूर्ति भएको छ । हुम्लामा खाद्यान्नको कोटा बढाएर वितरण भइरहेको छ ।

पूर्वका जिल्लामा पर्याप्त मात्रामा खाद्यान्न मौज्दात रहेको कम्पनीले जनाएको छ । स्थानीय तहमा खाद्यान्न मौज्दात गर्ने ठाउँ नभएकाले वितरण केन्द्रमा आपूर्ति गरेर खाद्यान्न वितरण भइरहेको छ ।

चालु आर्थिक वर्षमा हालसम्म स्थानीय तहबाट ४७ हजार ३३४ क्विन्टल चामल वितरण भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 04 July 2023
Website | + posts
ताजा
वैदेशिक अध्ययनमा नेपालबाट बाहिरियो ४२ अर्ब ९६ करोड
मंगलबार नेप्से परिसूचक १८.३७ अंकले बढ्यो
भारतमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको मागसहित मुद्दा दायर


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न