त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रत्येक यात्रुलाई बढीमा तीन जनाले मात्रै विदाई गर्ने र लिन आउन पाउने नयाँ नियम लागू

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रत्येक यात्रुलाई बढीमा तीन जनाले मात्रै विदाई गर्ने र लिन आउन पाउने नयाँ नियम लागू : Icon Khabar

काठमाडौं, असार १२ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले प्रत्येक यात्रुलाई बढीमा तीन जनाले मात्रै विदाई गर्ने र लिन आउन पाउने गरी नयाँ नियम लागू गरेको छ ।

आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनल भवन बाहिर ठूलो भीड जम्मा भएपछि विमानस्थल सुरक्षा समितिले यस्तो निर्णय गरेको हो । विमानस्थलमा सीमित ठाउँ र भीडले ट्राफिक व्यवस्थापनमा चुनौती खडा गरेको छ भने दुर्घटनाको जोखिम बढेको छ ।

बढ्दो भीडभाडले यात्रु सेवामा नकारात्मक असर परेको र यात्रु लिन र पुर्याउन (विदाई गर्न) आउने क्षेत्रमा दुर्घटनाको जोखिम बढेको समितिले जनाएको छ ।

विशेषगरी साँझको समयमा, विदेश उडानहरू निर्धारित हुँदा, अन्तर्राष्ट्रिय टर्मिनल भवन अगाडि आफन्त र शुभचिन्तकहरूको ठूलो जमघट हुन्छ।

यी समस्याहरूलाई सम्बोधन गर्न, विदाई गर्ने र यात्रु लिन आउने मानिसहरूको संख्या सीमित गर्न नयाँ नियम लागू गरिएको छ।

Published Date: 27 June 2023
Website | + posts




















ताजा
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने
भक्तपुर नगरबाट देखिएको लाङटाङ लिरुङ, दोर्जे लाक्पा र जुगल हिमालको मनमोहक दृश्य
सरकारी निर्देशन र विधान उल्लंघनको आरोपमा एनप्याब्सन निलम्बित


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक