प्रधानमन्त्री दाहालद्वारा त्रिविको शैक्षिक क्यालेन्डर दृढतापूर्वक लागू गर्न निर्देशन

प्रधानमन्त्री दाहालद्वारा त्रिविको शैक्षिक क्यालेन्डर दृढतापूर्वक लागू गर्न निर्देशन : Icon Khabar

काठमाडौं, असार १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयका शैक्षिक गतिविधि निर्धारित समयमै हुनुपर्ने बताउँदै शैक्षिक क्यालेन्डर दृढतापूर्वक लागू गर्न निर्देशन दिएका छन्।

मङ्गलबार बिहान त्रिभुवन विश्वविद्यालय सभाको ६४औँ वार्षिक दिवस बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले विद्यार्थी र अभिभावकहरूको समय, खर्च र भविष्यको सुरक्षा गर्नु विश्वविद्यालयका पदाधिकारीहरूको आधारभूत दायित्व भएकोसमेत स्मरण गराएका छन्।

प्रधानमन्त्रीले भने, ‘‘विश्वविद्यालयको आफ्नो निश्चित शैक्षिक पात्रो बनाई सोहीअनुसार समयभित्रै पठनपाठन सम्पन्न गरी नतिजासमेत प्रकाशित गरी विद्यार्थी र अभिभावकहरूको समय, खर्च र भविष्यको सुरक्षा विश्वविद्यालयका पदाधिकारीहरूलाई विशेष रूपले निर्देशित गर्दछु ।’’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 June 2023
Website | + posts