आइतबार नेप्से परिसूचक ६२.२१ अंकले बढ्यो

आइतबार नेप्से परिसूचक ६२.२१ अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, असार १० । आइतबार नेप्से परिसूचक ६२.२१ अंक बढेर २११७.७३ विन्दुमा पुगेको छ।

आज २७५ स्टकको ९० हजार २४९ पटकको कारोबारमा ६ अर्ब ४९ करोड ४ लाख १२ हजार रुपैयाँ बराबरको १ करोड ४७ लाख ५१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ७.७९ प्रतिशत बढेको छ। त्यसैगरी, निर्जीवन बीमा उपसमूहको परिसूचक ६ प्रतिशतभन्दा बढी बढेको छ भने वित्त, अन्य र व्यापार उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 June 2023
Website | + posts