जसपाको विधान अधिवेशन आजदेखि

जसपाको विधान अधिवेशन आजदेखि : Icon Khabar

काठमाडौँ, असार १० । जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन आजदेखि सुरु हुँदै छ । काठमाडौंको कमलादीमा सुरु हुने विधान अधिवेशन तीन दिनसम्म चल्नेछ । पार्टीले पहिलोपटक आयोजना गर्न लागेको अधिवेशनमा पार्टी अध्यक्ष उपेन्द्र यादवले विधानको मस्यौदा प्रस्तुत गर्नेछन् ।

केन्द्रीय समितिवाट हिजो अनुमोदित भएको सो विधान आजबाट सुरु हुने विधान अधिवेसनमा पेश गरिँदैछ। जसअनुसार ७० वर्ष उमेर भएको व्यक्तिले अब केन्द्रीय समिति, प्रदेश समिति, राष्ट्रिय समिति र जिल्ला समितिमा पदाधिकारी पदमा निर्वाचित हुन वा मनोनित हुन पाउने छैनन्। यो प्रस्ताव पारित भएमा सो उमेर हदको सो ब्यवस्था तुरुन्तै लागू हुनेछ।

त्यसैगरी, एउटा ब्यक्तिले दुई कार्यकाल भन्दा बढी समयसम्म एउटै जिम्मेवारी लिन नपाउने ब्यवस्था पनि गरिएको छ।

जसअनुसार जिल्ला समिति, प्रदेश र राष्ट्रिय समिति र केन्द्रीय समितिको पदाधिकारीको हैसियतमा कार्यरत एउटै व्यक्ति, एउटै तह र एउटै पदमा लगातार दुई कार्यकाल वा १० वर्ष भन्दा बढी कार्य पूरा गरी सकेको भए सोही पदका लागि पुनः उम्मेदवार हुन नपाउने व्यवस्था प्रस्तावित विधानमा उल्लेख गरिएको छ।

जसपा नेपालले सानो तथा छरितो केन्द्रीय कार्यसमिति बनाउने प्रस्ताव गरेको छ। जसअनुसार अबदेखि राष्ट्रिय महाधिवेशनले १३ सदस्यीय पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय समिति रहने प्रस्ताव गरिएको छ।

प्रस्तावित विधान अनुसार नयाँ केन्द्रीय कार्यसमितिमा १ जना अध्यक्ष, १ जना सहअध्यक्ष ३ जना उपाध्यक्ष, महासचिव १ जना, उपमहासचिव ३ जना, सचिव ३ जना र कोषाध्यक्ष १ जना रहने गरी छरितो केन्द्रिय समिति बनाउने प्रस्ताव गरिएको छ। हाल जसपाको ४ सय ४० केन्द्रीय सदस्य रहेका छन्।

Published Date: 25 June 2023
ताजा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता