साइकल कनेक्ट भक्तपुरको पुरस्कार तथा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न

साइकल कनेक्ट भक्तपुरको पुरस्कार तथा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न : Icon Khabar

भक्तपुर, असार १० । साइकल कनेक्ट भक्तपुरको पुरस्कार तथा प्रमाण पत्र वितरण कार्यक्रम शनिबार सम्पन्न भएको छ। साइकल कनेक्टले आयोजना गरेको २१ दिने साइकल च्यालेन्जका विजेता तथा सहभागीहरूलाई हिजो एक कार्यक्रम बीच पुरस्कार तथा प्रमाण पत्र प्रदान गरेको थियो।

भक्तपुर पर्यटन बिकास समितिका अध्यक्ष दिपेश राज शर्माको विषेश आतिथ्यतामा सम्न्पन्न सो कार्यक्रममा रामेछाप जिल्लाका बिरेन्द्र डोङले प्याङ्क कस्टम माउन्टेन बाइक, मेडल र प्रमाण पत्र प्राप्त गरेका थिए। सो साइकल च्यालेन्जमा सुरेन्द्र ख्याजु द्वितीय, निशान तजले तृतीय तथा किसन तमखु मोस्ट कन्सिस्टेन्ट राइडरको रूपमा पुरस्कृत भए।

सो कार्यक्रममा प्याङ्क बाइक, जुजु बाइक्स, नेपाल इको प्यानेल, ताम्राकार कर्पोरेट ग्रुप, एस.जी.एल नेपाल तथा होटल कन्ट्री भिल्लाले पुरस्कारहरू प्रायोजन गरेका थिए। सोही कार्यक्रममा प्रथम चरणमा साइकलिङ प्रशिक्षण प्राप्त गर्न सफल ६८ जना साइकलिङ मैंचा प्रशिक्षार्थीहरू तथा स्यवंसेवकको रूपमा साइकल प्रशिक्षण दिने प्रशिक्षकहरूलाई धन्यवाद सहित प्रमाण पत्र प्रदान गरिएको थियो।

कार्यक्रम साइकल कनेक्ट भक्तपुरकी अध्यक्ष निर्जला कोजूको सभाअध्यक्षतामा सम्न्पान भएको थियो।

Published Date: 25 June 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी