अन्नपूर्ण र कीर्तिपुर फाइनलमा

अन्नपूर्ण र कीर्तिपुर फाइनलमा : Icon Khabar

काठमाडौं, असार ७ । अन्नपूर्ण गाउँपालिका र आयोजक कीर्तिपुर नगरपालिका कीर्तिपुर नगरपालिका अन्तर नगरपालिका मेयर कप यु–१८ पुरुष बास्केटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।

पहिलो सेमिफाइनलमा अन्नपूर्णले ललितपुर महानगरपालिकालाई ९५–७० ले पराजित गर्यो । अन्नपूर्णको जितमा राजु परियारले २३ अंक योगदान गरे ।

सुरुको क्वाटरमा २५–१८ को अग्रता लिएको अन्नपूर्णले अन्तिमसम्म अग्रतालाई जोगाउदै २९–२०, २१–१६ र २०–१६ को प्रदर्शन गर्यो ।
अर्को सेमिफाइनलमा आशिष थापा मगरको ३४ अंक सहयोगमा कीर्तिपुरले नागर्जुन नगरपालिकालाई ७९–६५ ले हरायो ।

पहिलो क्वाटरमा १२–१८ ले पछि परेको कीर्तिपुर दोश्रोमा २३–१२ ले अगाडि रह्यो । तेश्रोमा कीर्तिपुरले २९–१५ को अग्रता बनायो । चौथोमा नागर्जुन २०–१५ ले अगाडि रहेपनि जितका लागि पर्याप्त भएन । फाइनल शनिबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 June 2023
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने