अन्नपूर्ण र कीर्तिपुर फाइनलमा

अन्नपूर्ण र कीर्तिपुर फाइनलमा : Icon Khabar

काठमाडौं, असार ७ । अन्नपूर्ण गाउँपालिका र आयोजक कीर्तिपुर नगरपालिका कीर्तिपुर नगरपालिका अन्तर नगरपालिका मेयर कप यु–१८ पुरुष बास्केटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।

पहिलो सेमिफाइनलमा अन्नपूर्णले ललितपुर महानगरपालिकालाई ९५–७० ले पराजित गर्यो । अन्नपूर्णको जितमा राजु परियारले २३ अंक योगदान गरे ।

सुरुको क्वाटरमा २५–१८ को अग्रता लिएको अन्नपूर्णले अन्तिमसम्म अग्रतालाई जोगाउदै २९–२०, २१–१६ र २०–१६ को प्रदर्शन गर्यो ।
अर्को सेमिफाइनलमा आशिष थापा मगरको ३४ अंक सहयोगमा कीर्तिपुरले नागर्जुन नगरपालिकालाई ७९–६५ ले हरायो ।

पहिलो क्वाटरमा १२–१८ ले पछि परेको कीर्तिपुर दोश्रोमा २३–१२ ले अगाडि रह्यो । तेश्रोमा कीर्तिपुरले २९–१५ को अग्रता बनायो । चौथोमा नागर्जुन २०–१५ ले अगाडि रहेपनि जितका लागि पर्याप्त भएन । फाइनल शनिबार हुनेछ ।

Published Date: 22 June 2023


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता