ई–सेवा मनि ट्रान्स्फरले गर्यो घर हस्तान्तरण

ई–सेवा मनि ट्रान्स्फरले गर्यो घर हस्तान्तरण : Icon Khabar

काठमाडौं, असार ७ । ई–सेवा मनि ट्रान्स्फरले मेरो डिजिटल देश अभियान अन्तर्गत भाग्यशाली विजेता पूर्ण बहादुर श्रेष्ठलाई एक कार्यक्रम आयोजना गरि घर हस्तान्तरण गरेको छ । कार्यक्रममा ई–सेवा मनिट्रान्स्फरका ब्राण्ड एम्बेष्डरहरूर कम्पनी व्यवस्थापन समितिको उपस्थिति रहेको थियो ।

ई–सेवा मनि ट्रान्स्फरले जेठ १२ मा आफ्नो आधिकारिक फेसबुक र टिकटक पेज बाट प्रत्यक्ष डिजिटल गोलाप्रथा मार्फत “मेरो डिजिटल देश“ अभियानको विजेता घोषणा गरेको थियो जसमा ८ वर्षदेखि युएईमा कार्यरत पूर्णबहादुर श्रेष्ठ बम्पर पुरस्कारको भाग्यशाली विजेता बन्न सफल भएका हुन् ।

ई–सेवा मनि ट्रान्स्फरका निर्देशक डेनियल डी श्रेष्ठले हस्तान्तरण कार्यक्रममा विजेता पूर्णबहादुर श्रेष्ठलाई बधाई तथा शुभकामना व्यक्त गर्दै उनले नेपालमा क्यासलेस अर्थतन्त्र बनाउन निरन्तर लागिरहेको र एफवान सफ्टग्रुप अन्तरगतको कम्पनी इ–सेवा मनिट्रान्स्फरले रेमिट्यान्स्लाई पनि डिजिटल बनाउने अभियान सञ्चालन गरिरहेको बताए । उनले यस अभियानप्रति सहयोग र हौसला प्रदान गर्ने सबै नेपालीहरूलाई धन्यवाद दिदै आगामी दिनमा पनि कम्पनी, डिजिटल रेमिट्यान्स लाई प्रभावशाली बनाउनका निम्ति निरन्तर लागि रहने अठोट व्यक्त गरे ।

ई–सेवा मनि ट्रान्स्फरले बैधानिक रेमिट्यान्सलाई प्रोत्साहन गर्ने उद्वेश्य ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको थियो । डिजिटल रेमिट्यान्सलाई प्रोत्साहन गर्दै आएको कम्पनीले ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत विश्वका जुनसुकै मुलुकमा रहेका नेपालीले, नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता वा इ–सेवा वालेटमा पैसा पठाउँदा एक जनालाई बम्पर उपहार स्वरुप काठमाडौंमा साढे दुई तल्लाको घर दिने घोषणा गरेको थियो । ७ असोज देखि जेठ ६ गतेसम्म रेमिट्यान्स् पठाउने व्यक्तिहरू यस अभियानमा सहभागी भएका थिए । ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत हरेक महिना सेवाग्राहीको घर सम्म पुगी आकर्षक उपहार समेत प्रदान गरेको थियो ।

कार्यक्रममा बोल्दै ई–सेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले बम्पर पुरस्कारको रूपमा सपनाको घर जित्नु भएकामा पूर्णबहादुर श्रेष्ठ र य्नको परिवारलाई बधाई दिँदै उनले भने जुन उद्देश्यका साथ यो अभियान सञ्चालन गरेका थिए यसमा नेपाली दाजुभाई तथा दिदि बहिनीहरूको उत्साहजनक सहभागिता रह्यो र आगामी दिनमा पनि ‘मेरो डिजिटल देश’ अभियानलाई निरन्तरता दिँदै बैधानिक रेमिट्यान्सलाई प्रोत्साहन गर्नेछ भन्ने अपेक्षा व्यक्त गरे ।

एफ वान सफ्टग्रुपका अध्यक्ष विश्वास ढकालले पनि यो अभियानप्रति खुसी व्यक्त गर्दै डिजिटल रेमिट्यान्सको महत्व र यसले राष्ट्रिय अर्थतन्त्रमा पार्ने सकारात्मक प्रभावबारे बताए । उनले आप्रवासीहरुको यात्रा, विदेशिएका नेपालीहरूका लागि सहयोग तथा सम्मानका विषयमा आफ्नो धारणा राखेका थिए ।

हस्तान्तरण कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलले रेमिट्यान्स आप्रवाहमा नेपाल जस्ता मुलुकमा आर्थिक समृद्धिकोलागि औपचारिक रेमिट्यान्सको महत्वमा जोड दिए । उनले रेमिट्यान्सले कसरी राष्ट्रको विकासमा प्रत्यक्ष योगदान पुर्याउन सक्छ र आप्रवासीहरूले गरेको बहुमूल्य प्रयासलाई स्वीकार गर्दै यस क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता दर्शाए ।

बम्पर पुरस्कार विजेता पूर्ण बहादुर श्रेष्ठले विजेता चुनिएकोमा अत्यन्तै खुशी र कृतज्ञता व्यक्त गरे । आफ्नो जीवनका मुल्यवान ८ वर्ष युएईमा आफ्नो परिवारलाई राम्रो जीवन प्रदान गर्न लगनशीलताका साथ काममा समर्पित गरेका श्रेष्ठले नयाँ घर जित्न पाउँदा पूर्ण रूपमा आश्चर्य चकित भएको र आफूलाई चमत्कार जस्तो महसुस भएको बताए । उनले आफ्नो सपनालाई साकार तुल्याएकोमा इसेवा मनिट्रान्स्फरलाई धन्यवाद व्यक्त गर्दै योजनामा संलग्न सबैलाई धन्यवाद दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 June 2023
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने