कान्तिपुर इन्जिनियरिङ कलेज र गोर्खा इको प्यानलबीच सम्झौता

कान्तिपुर इन्जिनियरिङ कलेज र गोर्खा इको प्यानलबीच सम्झौता : Icon Khabar

ललितपुर, असार ७ ।  कान्तिपुर इन्जिनियरिङ कलेज धापाखेल ललितपुर र गोर्खा इको प्यानल भक्तपुरबीच एक आपसमा सहकार्य गर्ने गरी बिहीबार सम्झौता भएको छ । समझदारीपत्रमा कान्तिपुर इन्जिनियरिङ कलेजकोतर्फबाट प्रिन्सिपल प्राफेसर डाक्टर केशर प्रसाई र गोर्खा इको प्यानलकोतर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिइओ) इ.सुरेश कवांले हस्ताक्षर गरेका हुन् ।

कलेजमा इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थीलाई निर्माण क्षेत्रमा आइरहेका नयानयाँं निर्माण सामाग्री, प्रविधि आदिबारे जानकारी दिनुका साथै अनुसन्धान, व्यवहारिक शिक्षा तथा तालिममा सहयोग गर्ने, इन्टर्नशीप गराउने योजना सहित सम्झौता गरिएको जनाइएको छ । यसले भोलिका इन्जिनियरलाई काम गर्न सहज हुने विश्वास गरिएको छ ।

कार्यक्रममा कान्तिपुर इन्जिनियरिङकोतर्फबाट कलेजको सिभिल डिपार्टमेन्ट एचओडी सुदीप थापा, कलेजकै रिसर्च, ट्रेनिंङ एण्ड कन्सल्टेन्सी डिभिजन प्रमुख प्राडा सुरेन्द्रबहादुर ताम्राकार, गोर्खा प्रिकास्ट एण्ड विण्डोरकोतर्फबाट सीईओ राजन दुवाल, गोर्खा इको प्यानलकोतर्फबाट इन्जिनियर जीवन खाइतू सहभागी रहेका थिए ।

Published Date: 22 June 2023








ताजा
कक्षा १२ को परीक्षा नतिजा डेढ महिनाभित्र सार्वजनिक गर्ने तयारी
पनौती कलाँती भूमिडाँडा सम्बन्धी वृत्तचित्र प्रदर्शन सम्पन्न
नेपाल बैंकको आधारभूत अवस्था मजबुत, तर लाभांश क्षमता कमजोर
काठमाडौंको टोखा नगरपालिकामा बच्चा जन्मनासाथ बैंक खातामा पाँच हजार रुपैयाँ जम्मा गरिदिने










ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
युनिटी इङ्लिस स्कुल: सानो सुरुवातदेखि राष्ट्रिय उत्कृष्टतासम्मको प्रेरणादायी यात्रा