कान्तिपुर इन्जिनियरिङ कलेज र गोर्खा इको प्यानलबीच सम्झौता

कान्तिपुर इन्जिनियरिङ कलेज र गोर्खा इको प्यानलबीच सम्झौता : Icon Khabar

ललितपुर, असार ७ ।  कान्तिपुर इन्जिनियरिङ कलेज धापाखेल ललितपुर र गोर्खा इको प्यानल भक्तपुरबीच एक आपसमा सहकार्य गर्ने गरी बिहीबार सम्झौता भएको छ । समझदारीपत्रमा कान्तिपुर इन्जिनियरिङ कलेजकोतर्फबाट प्रिन्सिपल प्राफेसर डाक्टर केशर प्रसाई र गोर्खा इको प्यानलकोतर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिइओ) इ.सुरेश कवांले हस्ताक्षर गरेका हुन् ।

कलेजमा इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थीलाई निर्माण क्षेत्रमा आइरहेका नयानयाँं निर्माण सामाग्री, प्रविधि आदिबारे जानकारी दिनुका साथै अनुसन्धान, व्यवहारिक शिक्षा तथा तालिममा सहयोग गर्ने, इन्टर्नशीप गराउने योजना सहित सम्झौता गरिएको जनाइएको छ । यसले भोलिका इन्जिनियरलाई काम गर्न सहज हुने विश्वास गरिएको छ ।

कार्यक्रममा कान्तिपुर इन्जिनियरिङकोतर्फबाट कलेजको सिभिल डिपार्टमेन्ट एचओडी सुदीप थापा, कलेजकै रिसर्च, ट्रेनिंङ एण्ड कन्सल्टेन्सी डिभिजन प्रमुख प्राडा सुरेन्द्रबहादुर ताम्राकार, गोर्खा प्रिकास्ट एण्ड विण्डोरकोतर्फबाट सीईओ राजन दुवाल, गोर्खा इको प्यानलकोतर्फबाट इन्जिनियर जीवन खाइतू सहभागी रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 June 2023
Website | + posts




ताजा
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने