होप र पुरनको शतकमा नेपाललाई कीर्तिमानी विशाल लक्ष्य

होप र पुरनको शतकमा नेपाललाई कीर्तिमानी विशाल लक्ष्य : Icon Khabar

काठमाडौं, असार ७ । कप्तान शाई होप र निकोलस पुरनको शतकमा वेस्ट इन्डिजले आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेपाललाई ३ सय ४० रनको कीर्तिमानी विशाल लक्ष्य दिएको छ ।

हरारेमा जारी खेलमा कप्तान साई होप र निकोलस पुरनको शतकीय पारीमा वेष्ट ईण्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३३९ रन बनायो । होप र पुरनले २१६ रनको साझेदारी गरे । कप्तान होपले १ सय २९ बलमा १० चौका र ३ छक्काको सहयोगमा १ सय ३२ रन बनाए । उनले १० चौका र ३ छक्का प्रहार गरे । उनी ललित नारायण राजवंशीको बलमा आउट भए ।

यस्तै पुरनले ९४ बलमा ११५ रन बनाए । उनले १० चँौका र ४ छक्का प्रहार गर्दै दिपेन्द्र सिंह ऐरीको बलमा आउट भए । नेपालले सुरुआत राम्रो गरेको थियो । पहिलो पावर प्लेमा नेपालले वेस्ट इन्डिजको दुई विकेट लिदै ३० रन मात्र दिएको थियो । नेपालले दोस्रो ओभरको तेस्रो बलमा नै पहिलो विकेट लिएको थियो । नेपालका लागि करण केसीले ओपनर कायल मेयर्सलाई १ रनमा आउट गराएका थिए । पाँचौं ओभरको पहिलो बलमा गुलसन झाले जोनसन चार्ल्सलाई आउट गराएका थिए ।

तेस्रो विकेटका लागि ब्रेन्डन किंग र कप्तान शाई होपले ६८ बलमा ४६ रनको साझेदारी गरेका थिए । यस साझेदारीको सहयोगमा वेस्ट इन्डिज खेलमा फर्कने कोशिश गरेको थियो ।

तर, ब्रान्डन किंग सन्दीप लामिछानेको बलमा आउट भएसँगै साझेदारी तोडिएको थियो । किंगले ४२ बलमा २ चौका र २ छक्काको सहयोगमा ३२ रन बनाए । यस्तै रोभमन पावेलले १४ बलमा २९ रन तथा जेसन होल्डरले १६ रन बनाए ।

नेपालका लागि ललितनारायण राजवंशीले ३ तथा करण केसी, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र गुलसन झाले समान १र१ विकेट लिए ।

Published Date: 22 June 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु