होप र पुरनको शतकमा नेपाललाई कीर्तिमानी विशाल लक्ष्य

होप र पुरनको शतकमा नेपाललाई कीर्तिमानी विशाल लक्ष्य : Icon Khabar

काठमाडौं, असार ७ । कप्तान शाई होप र निकोलस पुरनको शतकमा वेस्ट इन्डिजले आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेपाललाई ३ सय ४० रनको कीर्तिमानी विशाल लक्ष्य दिएको छ ।

हरारेमा जारी खेलमा कप्तान साई होप र निकोलस पुरनको शतकीय पारीमा वेष्ट ईण्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३३९ रन बनायो । होप र पुरनले २१६ रनको साझेदारी गरे । कप्तान होपले १ सय २९ बलमा १० चौका र ३ छक्काको सहयोगमा १ सय ३२ रन बनाए । उनले १० चौका र ३ छक्का प्रहार गरे । उनी ललित नारायण राजवंशीको बलमा आउट भए ।

यस्तै पुरनले ९४ बलमा ११५ रन बनाए । उनले १० चँौका र ४ छक्का प्रहार गर्दै दिपेन्द्र सिंह ऐरीको बलमा आउट भए । नेपालले सुरुआत राम्रो गरेको थियो । पहिलो पावर प्लेमा नेपालले वेस्ट इन्डिजको दुई विकेट लिदै ३० रन मात्र दिएको थियो । नेपालले दोस्रो ओभरको तेस्रो बलमा नै पहिलो विकेट लिएको थियो । नेपालका लागि करण केसीले ओपनर कायल मेयर्सलाई १ रनमा आउट गराएका थिए । पाँचौं ओभरको पहिलो बलमा गुलसन झाले जोनसन चार्ल्सलाई आउट गराएका थिए ।

तेस्रो विकेटका लागि ब्रेन्डन किंग र कप्तान शाई होपले ६८ बलमा ४६ रनको साझेदारी गरेका थिए । यस साझेदारीको सहयोगमा वेस्ट इन्डिज खेलमा फर्कने कोशिश गरेको थियो ।

तर, ब्रान्डन किंग सन्दीप लामिछानेको बलमा आउट भएसँगै साझेदारी तोडिएको थियो । किंगले ४२ बलमा २ चौका र २ छक्काको सहयोगमा ३२ रन बनाए । यस्तै रोभमन पावेलले १४ बलमा २९ रन तथा जेसन होल्डरले १६ रन बनाए ।

नेपालका लागि ललितनारायण राजवंशीले ३ तथा करण केसी, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र गुलसन झाले समान १र१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 June 2023
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने