हर्क साम्पाङ र बालेन शाहलाई रास्वपामा सामेल गराउने रवि लामिछानेको चाहना

हर्क साम्पाङ र बालेन शाहलाई रास्वपामा सामेल गराउने रवि लामिछानेको चाहना : Icon Khabar

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हर्क साम्पाङ र बालेन शाहलाई पार्टीमा थप्न चाहेको बताएका छन् ।

रास्वपाले आज गरेको पत्रकार सम्मेलनमा सभापति लामिछानेले धरानका मेयर हर्क साम्पाङ र काठमाडौंका मेयर बालेन शाहलाई आफ्नो पार्टीमा सामेल गर्न चाहेको बताए ।

स्वतन्त्र राजनीतिज्ञलाई समेटेर अगाडि बढ्ने योजना छ भन्ने पत्रकारको प्रश्नको जवाफ दिँदै उनले भने, ‘हर्क र बालेन जोडिन सके धेरै राम्रो हुन्छ । यसमा हामी शतप्रतिशत सकारात्मक छौं । सम्बन्धको हिसाबले हामी राम्रो छौं। मैले उहाँहरूको कामको प्रशंसा गरेको छु । मैले चुनावदेखि नै उहाँहरूको राम्रो कामलाई समर्थन गर्दै आएको छु । उहाँहरूको आफैं राम्रो काम गर्दै आउनुभएको छ। “

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 June 2023
Website | + posts