नेपाललाई तेस्रो सफलता, सन्दीप लामिछानेले लिए विकेट

नेपाललाई तेस्रो सफलता, सन्दीप लामिछानेले लिए विकेट : Icon Khabar

काठमाडौं, असार ७ । नेपालका स्पिनर सन्दीप लामिछानेले आइसिसी एकदिवसीय विश्वकप छनोटमा वेस्ट इन्डिजका ओपनर ब्रेन्डन किंगलाई आउट गरेका छन् ।

हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिज १५.३ ओभरमा ५५-३ को अवस्थामा छ । शाई होप ४१ बलमा ३ चौकासहित २२ रनमा अविजित छन् ।

सन्दीपले ब्रेन्डन किंगलाई ३२ रनमा बोल्ड आउट गरेका छन् । १६ औं ओभरको तेस्रो बलमा किंग बोल्ड हुन पुगेका हुन् । उनले ४२ बलमा २ चौका र २ छक्का प्रहार गरे ।

एक समय ९-२ को अवस्थामा रहेको वेस्ट इन्डिजलाई तेस्रो विकेटका लागि शाई होप र किंगले ४६ रनको साझेदारी गरेका थिए । सन्दीपले ओपनर किंगलाई आउट गर्दै पछिल्ला दुई खेलमा विकेट विहीन यात्रा समाप्त पारेका छन् ।

तीव्र गतिका बलर करण केसीको दोस्रो ओभरको तेस्रो बलमा कायल मेयर्सको क्याच कुशल भुर्तेलले लिएका हुन् । कुशल भुर्तेलले लामो दौडका साड मिडविकेटमा डाइभ हान्दै उत्कृष्ट क्याच लिएपछि मेयर्स एक रनमा पेभेलिएन फर्किएका थिए ।

युवा तीव्र गतिका बलर गुलशन झाले पाँचौं ओभरको पहिलो बलमा जोनसन चाल्र्सलाई शून्यमा पेभेलिएन फर्काएका थिए । गुलशनको योर्कर बलमा जोनसन एज लागेर विकेटकिपर आसिफ शेखबाट क्याच आउट भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 June 2023
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने