नेपाललाई तेस्रो सफलता, सन्दीप लामिछानेले लिए विकेट

नेपाललाई तेस्रो सफलता, सन्दीप लामिछानेले लिए विकेट : Icon Khabar

काठमाडौं, असार ७ । नेपालका स्पिनर सन्दीप लामिछानेले आइसिसी एकदिवसीय विश्वकप छनोटमा वेस्ट इन्डिजका ओपनर ब्रेन्डन किंगलाई आउट गरेका छन् ।

हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिज १५.३ ओभरमा ५५-३ को अवस्थामा छ । शाई होप ४१ बलमा ३ चौकासहित २२ रनमा अविजित छन् ।

सन्दीपले ब्रेन्डन किंगलाई ३२ रनमा बोल्ड आउट गरेका छन् । १६ औं ओभरको तेस्रो बलमा किंग बोल्ड हुन पुगेका हुन् । उनले ४२ बलमा २ चौका र २ छक्का प्रहार गरे ।

एक समय ९-२ को अवस्थामा रहेको वेस्ट इन्डिजलाई तेस्रो विकेटका लागि शाई होप र किंगले ४६ रनको साझेदारी गरेका थिए । सन्दीपले ओपनर किंगलाई आउट गर्दै पछिल्ला दुई खेलमा विकेट विहीन यात्रा समाप्त पारेका छन् ।

तीव्र गतिका बलर करण केसीको दोस्रो ओभरको तेस्रो बलमा कायल मेयर्सको क्याच कुशल भुर्तेलले लिएका हुन् । कुशल भुर्तेलले लामो दौडका साड मिडविकेटमा डाइभ हान्दै उत्कृष्ट क्याच लिएपछि मेयर्स एक रनमा पेभेलिएन फर्किएका थिए ।

युवा तीव्र गतिका बलर गुलशन झाले पाँचौं ओभरको पहिलो बलमा जोनसन चाल्र्सलाई शून्यमा पेभेलिएन फर्काएका थिए । गुलशनको योर्कर बलमा जोनसन एज लागेर विकेटकिपर आसिफ शेखबाट क्याच आउट भएका हुन् ।

Published Date: 22 June 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर