न्यायाधीश चन्दले मेयर बलेनविरुद्ध दायर गरेको निवेदनको सुनुवाइ गर्ने

न्यायाधीश चन्दले मेयर बलेनविरुद्ध दायर गरेको निवेदनको सुनुवाइ गर्ने : Icon Khabar

काठमाडौं, असार ७ । काठमाडौँ महानगरपालिकाका मेयर बलेनको विरुद्धमा सिनेमा हल सञ्चालकले दायर गरेको रिटमा उच्च अदालत पाटनका न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले सुनुवाइ गर्ने भएको छ ।

सङ्घीय सरकारले सेन्सर गरेर प्रदर्शनको अनुमति दिए पनि स्थानीय सरकारले हिन्दी चलचित्र ‘आदिपुरुष’ रोकेको भन्दै बुधबार सिनेमा हल सञ्चालकले उनीविरुद्ध मुद्दा दर्ता गरेका थिए ।

बलेनले ‘आदिपुरुष’ मा जानकी भारतकी छोरी हुन् भन्ने संवाद हटाउन तीन दिनको अल्टिमेटम दिएका थिए । बलेनले तोकिएको समयभित्र संवाद नहटाए ‘आदिपुरुष’ मात्र नभएर कुनै पनि हिन्दी चलचित्र महानगरमा चल्न नदिने घोषणा गरेका थिए ।

Published Date: 22 June 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर