अब इसेवा खातामा रहेको रकम एटीएम मेसिन मार्फत सहजै झिक्न सकिने

अब इसेवा खातामा रहेको रकम एटीएम मेसिन मार्फत सहजै झिक्न सकिने : Icon Khabar

काठमाडौ, असार ७ । भुक्तानी सेवा प्रदायक इसेवाका प्रयोगकर्ताले अब आफ्नो इसेवा खातामा रहेको रकम एटीएम मेसिन मार्फत पनि सहजै झिक्न सक्ने भएका छन् ।

इसेवाले एभरेष्ट बैंकसँगको सहकार्यमा इसेवा खातामा रहेको रकम एटीएमबाट समेत झिक्न सकिने सेवाको सुरूवात गरेको हो ।

इसेवामा रहेको रकम एटीएमबाट निकाल्दा कुनै किसिमको कार्ड प्रयोग गर्नुनपर्ने कम्पनीले जनाएको छ । इसेवाका प्रयोगकर्ताले आफ्नो मोबाइलमा आउने ‘वान टाइम पासवर्ड’ ओटीपी मार्फत् एटीएमबाट नगद रकम झिक्ने इसेवाले जनाएको छ ।

यसअघि इसेवामा रहेको रकम झिक्न आफ्नो खाता रहेको बैंकमा ट्रान्सफर गर्नुपर्ने हुन्थ्यो । यो सेवा वालेट कम्पनीहरूमा नेपालमै पहिलो पटक सुरूवात भएको कम्पनीको दाबी छ ।

Published Date: 22 June 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर