अब इसेवा खातामा रहेको रकम एटीएम मेसिन मार्फत सहजै झिक्न सकिने

अब इसेवा खातामा रहेको रकम एटीएम मेसिन मार्फत सहजै झिक्न सकिने : Icon Khabar

काठमाडौ, असार ७ । भुक्तानी सेवा प्रदायक इसेवाका प्रयोगकर्ताले अब आफ्नो इसेवा खातामा रहेको रकम एटीएम मेसिन मार्फत पनि सहजै झिक्न सक्ने भएका छन् ।

इसेवाले एभरेष्ट बैंकसँगको सहकार्यमा इसेवा खातामा रहेको रकम एटीएमबाट समेत झिक्न सकिने सेवाको सुरूवात गरेको हो ।

इसेवामा रहेको रकम एटीएमबाट निकाल्दा कुनै किसिमको कार्ड प्रयोग गर्नुनपर्ने कम्पनीले जनाएको छ । इसेवाका प्रयोगकर्ताले आफ्नो मोबाइलमा आउने ‘वान टाइम पासवर्ड’ ओटीपी मार्फत् एटीएमबाट नगद रकम झिक्ने इसेवाले जनाएको छ ।

यसअघि इसेवामा रहेको रकम झिक्न आफ्नो खाता रहेको बैंकमा ट्रान्सफर गर्नुपर्ने हुन्थ्यो । यो सेवा वालेट कम्पनीहरूमा नेपालमै पहिलो पटक सुरूवात भएको कम्पनीको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 June 2023
Website | + posts




ताजा
बुधबार नेप्से परिसूचकमा गिरावट
राष्ट्रपति कार्यालयबाट दोलखास्थित ऐतिहासिक भीमेश्वर मन्दिरमा क्षमा पूजा
प्रधानमन्त्रीको आह्वानमा आज हुने त्रिपक्षीय छलफलमा जेनजी समूहबाट १४ जना प्रतिनिधिको सहभागिता हुने
सरकारले सबै सार्वजनिक संस्थानलाई कम्पनीमा परिणत गर्ने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने