बिहीबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घट्यो

बिहीबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौं, असार ७ । बिहीबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबर छापावाल सुन प्रतितोल ५०० रुपैयाँले घटेर १ लाख १० हजार ५०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ९५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि बुधबार सुनको मूल्य १ लाख ११ हजार रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १० हजार ४५० रुपैयाँ निर्धारण भएको थियो ।

बुधबार पनि सुनको भाउ अघिल्लो दिनको तुलनामा तोलामा ८०० रुपैयाँले घटेको थियो । यता, बिहीबार चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेर १३ सय ६० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ तोलाको १३ सय ८५ रुपैयाँ कायम रहेको थियो ।

Published Date: 22 June 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर