यो देशका भएभरका भ्रष्टलाई एकैपटक जेल कोच्ने विचार छ: लामिछाने

यो देशका भएभरका भ्रष्टलाई एकैपटक जेल कोच्ने विचार छ: लामिछाने : Icon Khabar

काठमाडौं, असार २ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सबै भ्रष्टाचारीलाई एकैपटक जेलमा हाल्नुपर्ने आफ्नो पार्टीको विचार भएको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सभापति लामिछानेले आफ्नो पार्टीको विचार भनेकै संसारकै धनी देश बन्ने देशलाई गरिब बनाउनेहरुलाई चुनीचुनी कानुनी दायरामा ल्याउनु रहेको बताए।

उनले पार्टीलाई दुई तिहाईमा लैजानुपर्ने भएकाले अब खुद्रा कुरामा आफू नबोल्ने स्पष्ट पारे । उनले अब आफू सधैँ ठूला कुरामा मात्रै बोल्ने र साना कुरामा बोल्ने समय आफूसँग नरहेको बताए । उनले साना कुरामा पार्टीका अन्य नेता बोल्ने बताए।

उनले भने, ‘‘हामी यो यात्रालाई अविरल अघि बढाउन चाहन्छौँ। यो देशका भएभरका भ्रष्टलाई एकैपटक जेल कोच्ने विचार छ। यो देशलाई श्रोत र साधनको सम्पन्न संसारकै धनी बन्ने देशलाई गरिब बनाउनेलाई चुनीचुनी कानुनी दायरामा ल्याउने विचार छ।’’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 June 2023
Website | + posts
ताजा
एनपीएल फाइनल : रोहित, शेर र ट्रम्पलम्यानको ३-३ विकेट, सुदूरपश्चिम ८५ रनमा अलआउट
भक्तपुरको त्रिशुलडाँडाबाट देखिएको मनमोहक हिमशृङ्खला ( फोटो फिचर )
काठमाडौं उपत्यकामा चिसो क्रमिक रूपमा बढ्दै
त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आगामी पुस १० गते दशरथ रंगशालामा हुने


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न