अन्तर नगरपालिका मेयर कप यु–१८ पुरुष बास्केटबल प्रतियोगितामा कीर्तिपुरको विजयी सुरूवात

अन्तर नगरपालिका मेयर कप यु–१८ पुरुष बास्केटबल प्रतियोगितामा कीर्तिपुरको विजयी सुरूवात : Icon Khabar

काठमाडौँ, असार २ । आयोजक कीर्तिपुर नगरपालिकाले कीर्तिपुर नगरपालिका अन्तर नगरपालिका मेयर कप यु–१८ पुरुष बास्केटबल प्रतियोगितामा शनिबार विजयी सुरुवात गरेको छ।

कीर्तिपुर कभर्डहलमा कीर्तिपुरले चन्द्रागिरी नगरपालिकालाई ९५–४० को फराकिलो अन्तरले पराजित गर्यो। कीर्तिपुरको जितमा आशिष थापा मगरले २८ अंक योदान गरे । चारै क्वाटरमा अग्रता बनाएको कीर्तिपुरले २३–७, १६–१५, ३०–१३ र २६–५ को प्रदर्शन गर्यो ।

अर्को खेलमा प्रनिश तिमिल्सिनाको २७ अंक सहयोगमा ललितपुरले भक्तपुरलाई ७१–६१ ले हरायो । पहिलो क्वाटरमा ९–१३ ले पछि परेको ललितपुरले दोश्रो र तेश्रोमा क्रमशः २७–१६ र २१–१७ को अग्रता बनाउदै जितका लागि आधार खडा गर्यो। चौथोमा ललितपुर १४–१५ ले पछि पर्यो।

प्रतियोगिताको कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीले एक कार्यक्रमबीच उद्घाटन गरे । मोफसलका २ सहित ८ टिमको सहभागिता रहेको प्रतियोगिता संयोजक विजयप्रकाश महर्जनले जनाएका छन् । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः १ लाख, ५० हजार र ३० हजार नगद पुरस्कार हात पार्ने छन् । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई १० हजार नगदबाट पुरस्कृत गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 June 2023
Website | + posts