लुबुबाट लगनखेलतर्फ आउँदै गरेको बस इमाडोलमा दुर्घटना हुँदा १९ जना घाइते 

लुबुबाट लगनखेलतर्फ आउँदै गरेको बस इमाडोलमा दुर्घटना हुँदा १९ जना घाइते  : Icon Khabar

काठमाडौं, असार २ । ललितपुरको इमाडोलमा बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् ।

शनिबार बिहान लुबुबाट लगनखेलतर्फ आउँदै गरेको बस इमाडोलको बहुन्धरामा सडकमा पल्टिएको इलाका प्रहरी कार्यालय इमाडोलका प्रहरी निरीक्षक हरि डाँगीले जानकारी दिए ।

उनका अनुसार बसमा २४ जना सवार थिए । घाइतेहरुको किष्ट र बिएण्डबी अस्पतालमा उपचार भइरहेको छ । उनीहरु सबैको अवस्था सामान्य रहेको डाँगीले बताए ।

तीव्र गतिका कारण बस पल्टिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

Published Date: 17 June 2023


ताजा
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
तीन प्रदेशका तराई भूभागमा मध्यम वर्षाको सम्भावना, कहाँ-कहाँ पर्ला पानी?
आज बुधबारको राशिफल
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु