शिवपुरीको धाप बाँध नयाँ पर्यटकीय गन्तव्य बन्दै (फोटो फिचर)

शिवपुरीको धाप बाँध नयाँ पर्यटकीय गन्तव्य बन्दै (फोटो फिचर) : Icon Khabar

काठमाडौं, असार २ । समुन्द्र सतहबाट २ हजार ८ सय देखि ९० मिटरको उचाइमा मानव निर्मित ठूलो ताल बनाइएको छ । काठमाडौं उपत्यकाको उत्तरपूर्वी चुचुरो, शिवपुरी राष्ट्रिय निकुञ्जको चिसापानीमा रहेको धाप जलाशय बागमती नदी बेसिन परियोजनाको एक महत्वपूर्ण भाग हो।

धाप बाँध नेपालको पहिलो कंक्रिट फेस रक भरिएको बाँध हो। यसको मुख्य उद्देश्य सुख्खा मौसममा बागमतीमा पानीको बहाव बढाउनु र नदीको पानीको गुणस्तर बढाउनु हो। १५८ रोपनी क्षेत्रफल ओगटेको धाप जलाशयले मनसुनको पानी भण्डार गर्दछ र सुख्खा मौसममा बागमती नदीमा पानी आपूर्ति गर्दछ।

केही महिनायता धाप जलाशय युवाहरुको लोकप्रिय गन्तव्य बनेको छ । बिदाको दिनमा बाँध क्षेत्रमा युवाहरुको बाक्लो भिड लाग्ने गरेको छ। बाँधमा पुग्न केही पैदल यात्रा र बाइकिङ मार्गहरू छन्। धाप बाँध जान चाहनेले सुन्दरीजल पुग्नुपर्छ। राष्ट्रिय निकुञ्जको चेकपोस्टमा निकुञ्ज प्रवेश गर्न निश्चित शुल्क तिर्नुपर्ने हुन्छ।

एक व्यक्तिको लागि सामान्य टिकट १०० रुपैयाँ र मोटरसाइकलको लागि १५० रुपैयाँ तोकिएको छ। सुन्दरीजलबाट बाँधस्थल पुग्न २२ किलोमिटर छ ।मुख्य सडक ग्राभेल छ। जीप, बाइक र स्कुटर करिब १ घण्टा ३० मिनेटमा सजिलै पुग्छन।

Published Date: 17 June 2023


ताजा
तीन प्रदेशका तराई भूभागमा मध्यम वर्षाको सम्भावना, कहाँ-कहाँ पर्ला पानी?
आज बुधबारको राशिफल
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु