भारतले पठाएको इन्धनको नयाँ मूल्य सूचीमा पेट्रोल र डिजेल दुवैको मूल्य वृद्धि

भारतले पठाएको इन्धनको नयाँ मूल्य सूचीमा पेट्रोल र डिजेल दुवैको मूल्य वृद्धि : Icon Khabar

काठमाडौं, असार १ । भारतबाट इन्धनको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोल र डिजेल दुवैको मूल्य वृद्धि भएको नेपाल आयल निगमले जनाएको छ ।

निगमकाअनुसार पेट्रोल प्रतिलिटर ८६ पैसा र डिजेल प्रतिलिटर ३७ पैसा बढेर आएको छ । आइओसीले निगमलाई १५–१५ दिनमा अर्थात अंग्रेजी महिनाको १ र १६ तारिखका दिन नयाँ मूल्यसूची पठाउँछ ।

सोअनुसार आइओसीले १५ दिनअघिको तुलनामा शुक्रबार पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो । हाल निगमले उपभोक्तालाई पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ तथा डिजेल १५५ रुपैयाँमा बिक्री गर्दै आएको छ ।

Published Date: 16 June 2023






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २२ गते आइतबार
भक्तपुरमा बिस्का जात्राको तयारी तीव्र, कडा सुरक्षा व्यवस्था लागू हुने
आइतबार नेप्से परिसूचक १०५.५० अंकले घट्यो
सरकारले करिब २७ अर्ब ७५ करोड रुपैयाँ ऋण लिने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता