भारतले पठाएको इन्धनको नयाँ मूल्य सूचीमा पेट्रोल र डिजेल दुवैको मूल्य वृद्धि

भारतले पठाएको इन्धनको नयाँ मूल्य सूचीमा पेट्रोल र डिजेल दुवैको मूल्य वृद्धि : Icon Khabar

काठमाडौं, असार १ । भारतबाट इन्धनको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोल र डिजेल दुवैको मूल्य वृद्धि भएको नेपाल आयल निगमले जनाएको छ ।

निगमकाअनुसार पेट्रोल प्रतिलिटर ८६ पैसा र डिजेल प्रतिलिटर ३७ पैसा बढेर आएको छ । आइओसीले निगमलाई १५–१५ दिनमा अर्थात अंग्रेजी महिनाको १ र १६ तारिखका दिन नयाँ मूल्यसूची पठाउँछ ।

सोअनुसार आइओसीले १५ दिनअघिको तुलनामा शुक्रबार पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो । हाल निगमले उपभोक्तालाई पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ तथा डिजेल १५५ रुपैयाँमा बिक्री गर्दै आएको छ ।

Published Date: 16 June 2023
Website | + posts




















ताजा
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने
भक्तपुर नगरबाट देखिएको लाङटाङ लिरुङ, दोर्जे लाक्पा र जुगल हिमालको मनमोहक दृश्य
सरकारी निर्देशन र विधान उल्लंघनको आरोपमा एनप्याब्सन निलम्बित


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक