भवानी राणा नेपालका लागि ट्युनिसियाको मानार्थ राजदूतमा नियुक्त

भवानी राणा नेपालका लागि ट्युनिसियाको मानार्थ राजदूतमा नियुक्त : Icon Khabar

काठमाडौं, असार १ । नेपाल उद्योग वाणिज्य महासंघकी निवर्तमान अध्यक्ष भवानी राणा नेपालका लागि ट्युनिसियाको मानार्थ राजदूतमा नियुक्त भएकी छिन्। बिहीबार काठमाडौंको एक होटलमा आयोजित एक कार्यक्रममा राणाले नेपालका लागि ट्युनिसियाका राजदूत हायेत तालबी इपी बिलेलबाट नियुक्तिको पत्र प्राप्त गरेका हुन् ।

नियुक्ति पत्र पाएपछि राणाले दुई देशबीचको सम्बन्ध विस्तारमा भूमिका खेल्ने बताइन् । राणाले दुई देशबीचको व्यापार विस्तार गर्न सकिने बताए । ‘दुवै देशको सामाजिक र आर्थिक सुदृढीकरणसँगै पर्यटन प्रवद्र्धनमा सहजीकरण गर्छु,’ उनले भनिन् ।

ट्युनिसिया युरोपेली मुलुकसँग जोडिएकाले नेपाललाई युरोपतर्फ व्यापार विस्तार गर्न सहज हुने राणाले बताइन् । कार्यक्रममा नेपालका लागि ट्युनिसियाका राजदूत ईपी बिलेलले दुई देशबीच कृषि, पर्यटन, ऊर्जालगायत क्षेत्रमा लगानीको सम्भावना रहेको बताइन् ।

Published Date: 16 June 2023






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २२ गते आइतबार
भक्तपुरमा बिस्का जात्राको तयारी तीव्र, कडा सुरक्षा व्यवस्था लागू हुने
आइतबार नेप्से परिसूचक १०५.५० अंकले घट्यो
सरकारले करिब २७ अर्ब ७५ करोड रुपैयाँ ऋण लिने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता