भवानी राणा नेपालका लागि ट्युनिसियाको मानार्थ राजदूतमा नियुक्त

भवानी राणा नेपालका लागि ट्युनिसियाको मानार्थ राजदूतमा नियुक्त : Icon Khabar

काठमाडौं, असार १ । नेपाल उद्योग वाणिज्य महासंघकी निवर्तमान अध्यक्ष भवानी राणा नेपालका लागि ट्युनिसियाको मानार्थ राजदूतमा नियुक्त भएकी छिन्। बिहीबार काठमाडौंको एक होटलमा आयोजित एक कार्यक्रममा राणाले नेपालका लागि ट्युनिसियाका राजदूत हायेत तालबी इपी बिलेलबाट नियुक्तिको पत्र प्राप्त गरेका हुन् ।

नियुक्ति पत्र पाएपछि राणाले दुई देशबीचको सम्बन्ध विस्तारमा भूमिका खेल्ने बताइन् । राणाले दुई देशबीचको व्यापार विस्तार गर्न सकिने बताए । ‘दुवै देशको सामाजिक र आर्थिक सुदृढीकरणसँगै पर्यटन प्रवद्र्धनमा सहजीकरण गर्छु,’ उनले भनिन् ।

ट्युनिसिया युरोपेली मुलुकसँग जोडिएकाले नेपाललाई युरोपतर्फ व्यापार विस्तार गर्न सहज हुने राणाले बताइन् । कार्यक्रममा नेपालका लागि ट्युनिसियाका राजदूत ईपी बिलेलले दुई देशबीच कृषि, पर्यटन, ऊर्जालगायत क्षेत्रमा लगानीको सम्भावना रहेको बताइन् ।

Published Date: 16 June 2023
Website | + posts




















ताजा
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने
भक्तपुर नगरबाट देखिएको लाङटाङ लिरुङ, दोर्जे लाक्पा र जुगल हिमालको मनमोहक दृश्य
सरकारी निर्देशन र विधान उल्लंघनको आरोपमा एनप्याब्सन निलम्बित


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक