राष्ट्रिय सहकारी बैंकद्वारा संरक्षित पूँजी फिर्ता कोषको रकम बाँडफाँट

राष्ट्रिय सहकारी बैंकद्वारा संरक्षित पूँजी फिर्ता कोषको रकम बाँडफाँट : Icon Khabar

काठमाडौं, जेठ ३२ । राष्ट्रिय सहकारी बैंक लिमिटेडले सहकारी ऐन, २०७४ तथा नियमावली २०७५ को प्रावधान अनुरूप आर्थिक वर्ष २०७८/०७९ को संरक्षित पूँजी फिर्ता कोषबाट सदस्यहरुले पाउने रकमको बाँडफाँट गरि सहकारी संघ/संस्थाहरुको खातामा रकम जम्मा गरेको छ ।

बिहिबार विज्ञप्ति जारी गर्दै बैंकको सदस्य सहकारी संघ सस्थाले जम्मा गरेको बचत रकमको लागी ४० प्रतिशत र कर्जामा तिरेको ब्याजको लागि ६० प्रतिसत भारको आधारमा आर्थिक वर्ष २०७८/०७९ मा संरक्षित पूँजी फिर्ता कोषमा छुट्टाईएको जम्मा रकम रु १८,५५,१२,००६।१५ (अक्षरुपी अठार करोड पचपन्न लाख बाह्र हजार छ रुपैयाँ पन्ध्र पैसा) बाँडफाँड गरिएको जनाएको छ ।

बचत र कर्जा कारोबार गर्ने १५, ४७४ सम्पूर्ण संघ / संस्थाहरुले आर्थिक वर्ष २०७८ / ०७९ को संरक्षित पूँजी फिर्ता कोषबाट लाभान्वित भएका छन् । बचत र कर्जामा उच्च कारोबार गरी योगदान गरेवापत सबैभन्दा बढी रकम फिर्ता पाउने सदस्यले बचत तर्फ रु ४२,०७,७२७।९० सम्म र कर्जा तर्फ रु. ११, ४८, ४९८ ८९ सम्म प्राप्त गर्न सफल भएको र रु.५०,०००/- भन्दा बढी संरक्षित पूँजी फिर्ता कोषबाट रकम प्राप्त गर्ने सहकारी संघ/संस्थाहरु ७३३ वटा रहेको विज्ञप्तिमा उल्लेख छ ।

Published Date: 15 June 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु