राष्ट्रिय सहकारी बैंकद्वारा संरक्षित पूँजी फिर्ता कोषको रकम बाँडफाँट

राष्ट्रिय सहकारी बैंकद्वारा संरक्षित पूँजी फिर्ता कोषको रकम बाँडफाँट : Icon Khabar

काठमाडौं, जेठ ३२ । राष्ट्रिय सहकारी बैंक लिमिटेडले सहकारी ऐन, २०७४ तथा नियमावली २०७५ को प्रावधान अनुरूप आर्थिक वर्ष २०७८/०७९ को संरक्षित पूँजी फिर्ता कोषबाट सदस्यहरुले पाउने रकमको बाँडफाँट गरि सहकारी संघ/संस्थाहरुको खातामा रकम जम्मा गरेको छ ।

बिहिबार विज्ञप्ति जारी गर्दै बैंकको सदस्य सहकारी संघ सस्थाले जम्मा गरेको बचत रकमको लागी ४० प्रतिशत र कर्जामा तिरेको ब्याजको लागि ६० प्रतिसत भारको आधारमा आर्थिक वर्ष २०७८/०७९ मा संरक्षित पूँजी फिर्ता कोषमा छुट्टाईएको जम्मा रकम रु १८,५५,१२,००६।१५ (अक्षरुपी अठार करोड पचपन्न लाख बाह्र हजार छ रुपैयाँ पन्ध्र पैसा) बाँडफाँड गरिएको जनाएको छ ।

बचत र कर्जा कारोबार गर्ने १५, ४७४ सम्पूर्ण संघ / संस्थाहरुले आर्थिक वर्ष २०७८ / ०७९ को संरक्षित पूँजी फिर्ता कोषबाट लाभान्वित भएका छन् । बचत र कर्जामा उच्च कारोबार गरी योगदान गरेवापत सबैभन्दा बढी रकम फिर्ता पाउने सदस्यले बचत तर्फ रु ४२,०७,७२७।९० सम्म र कर्जा तर्फ रु. ११, ४८, ४९८ ८९ सम्म प्राप्त गर्न सफल भएको र रु.५०,०००/- भन्दा बढी संरक्षित पूँजी फिर्ता कोषबाट रकम प्राप्त गर्ने सहकारी संघ/संस्थाहरु ७३३ वटा रहेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 June 2023
Website | + posts
ताजा
अनलाइन सञ्चारमाध्यम जिल्ला प्रशासन कार्यालयमा दर्ता हुनुपर्ने प्रावधान विरुद्व सर्वोच्चमा रिट
रविलाई थुनामुक्त गर्न मागप्रति आदेश आउन बाँकी
सोमबार नेप्से परिसूचक २७.९० अंकले घट्यो
आजदेखि माबिलुङ इनर्जीको आईपीओ निष्काशन


ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल