ट्राईयाथलनले एशियन गेम्सका लागि चार खेलाडी छान्यो

ट्राईयाथलनले एशियन गेम्सका लागि चार खेलाडी छान्यो : Icon Khabar

काठमाडौं, जेठ ३२ । नेपाल ट्राईयाथलन संघले चीनको हाङ्गझाउमा आगामी सेप्टेम्बरमा आयोजना हुने १९ औं एशियाली खेलकुदका लागि ४ खेलाडी छनोट गरेको छ ।

बिहिबार सातदोवाटोमा भएको छनोट प्रतियोगिताबाट २ पुरुष र २ महिला खेलाडीको छनोट गरिएको हो । छनोट हुन सफल खेलाडीहरुमा पुरुष तर्फ बशन्त थारु र मौलिक महर्जन तथा महिला तर्फ श्रेवी महर्जन र युस्का महर्जन रहेका छन् । थारु १३ औं दक्षिण एशियाली खेलकुदका पदकधारी हुन् । श्रेवी दक्षिण एशियाली च्याम्पियनसिपको सिनियर तर्फ कास्य र जुनियर तर्फ रजत पदकधारी हुन् भने मौलिक नवौं राष्ट्रिय खेलकुदका कास्य पदकधारी हुन् । प्रशिक्षणमा रहेका ७ पुरुष र ४ महिला खेलाडीबाट दुई पुरुष र दुई महिला खेलाडी छनोट गरिएको संघले जनाएको छ ।

एशियन गेम्समा नेपाली टोलीले मिक्स टिम इभेन्टस्मा प्रतिस्पर्धा गर्ने संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्र राज श्रेष्ठले जानकारी गराए ।

Published Date: 15 June 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु