ट्राईयाथलनले एशियन गेम्सका लागि चार खेलाडी छान्यो

ट्राईयाथलनले एशियन गेम्सका लागि चार खेलाडी छान्यो : Icon Khabar

काठमाडौं, जेठ ३२ । नेपाल ट्राईयाथलन संघले चीनको हाङ्गझाउमा आगामी सेप्टेम्बरमा आयोजना हुने १९ औं एशियाली खेलकुदका लागि ४ खेलाडी छनोट गरेको छ ।

बिहिबार सातदोवाटोमा भएको छनोट प्रतियोगिताबाट २ पुरुष र २ महिला खेलाडीको छनोट गरिएको हो । छनोट हुन सफल खेलाडीहरुमा पुरुष तर्फ बशन्त थारु र मौलिक महर्जन तथा महिला तर्फ श्रेवी महर्जन र युस्का महर्जन रहेका छन् । थारु १३ औं दक्षिण एशियाली खेलकुदका पदकधारी हुन् । श्रेवी दक्षिण एशियाली च्याम्पियनसिपको सिनियर तर्फ कास्य र जुनियर तर्फ रजत पदकधारी हुन् भने मौलिक नवौं राष्ट्रिय खेलकुदका कास्य पदकधारी हुन् । प्रशिक्षणमा रहेका ७ पुरुष र ४ महिला खेलाडीबाट दुई पुरुष र दुई महिला खेलाडी छनोट गरिएको संघले जनाएको छ ।

एशियन गेम्समा नेपाली टोलीले मिक्स टिम इभेन्टस्मा प्रतिस्पर्धा गर्ने संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्र राज श्रेष्ठले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 June 2023
Website | + posts
ताजा
अनलाइन सञ्चारमाध्यम जिल्ला प्रशासन कार्यालयमा दर्ता हुनुपर्ने प्रावधान विरुद्व सर्वोच्चमा रिट
रविलाई थुनामुक्त गर्न मागप्रति आदेश आउन बाँकी
सोमबार नेप्से परिसूचक २७.९० अंकले घट्यो
आजदेखि माबिलुङ इनर्जीको आईपीओ निष्काशन


ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल