किर्गिस्तान जाने भलिबल टोलीलाई बिदाई

किर्गिस्तान जाने भलिबल टोलीलाई बिदाई : Icon Khabar

काठमाडौं, जेठ ३२ । किर्गिस्तानको राजधानी बिस्केकमा आयोजना हुने काभा नेशन्स भलिबल लिगमा प्रतिस्पर्धा गर्न जाने पुरुष भलिबल टोलीलाई आज एक कार्यक्रमविच राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्गले खादा र राष्ट्रिय झण्डा प्रदान गर्दै शुभकामना सहित बिदाई गरेको छ ।

नक्सालस्थित होटल क्राउन प्लाजामा भएको विदाई कार्यक्रममा सदस्य सचिव घिसिङ्गले नेपाली टोलीको प्रदर्शनको प्रशंसा गर्दै राज्यको लगानी भए अनुरुप खेलाडीको काँधमा जितको बोझ थपिएको बताए । उनले यो प्रतियोगिता प्रतियोगितामा मात्र नभई एशियन गेम्सका लागी तयारी प्रतियोगिता समेत रहेको बताए । उनले राज्य, जनाता र परिषदको लगानीलाई खेलाडीहरुले आत्मसाथ गर्दै विजयी भएर स्वदेश फर्कनेमा आफु आशावादी रहेको बताए ।

टोली भोली किर्गिस्तान तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

संघका कोषाध्यक्ष श्याम कृष्ण श्रेष्ठको नेतृत्वमा बिस्केक जाने टोलीमा खेलाडीहरुमा भिम बहादुर गाहा, लोकेन्द्र राज गिरी, हेमन्त बहादुर मल्ल, रविन चन्द, टेक राज अवस्थी, मान बहादुर श्रेष्ठ, धन बहादुर भट्ट क्षेत्री, दुर्गा बहादुर खड्का, सफल बिश्वकर्मा, हरी बहादुर अधिकारी, राजेन्द्र बिष्ट र हरी हजुर थापा रहेका छन् । यस्तै टिम प्रशिक्षकमा जगदिश प्रसाद भट्ट र सहायक प्रशिक्षकमा भरत यादव रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 June 2023
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने