किर्गिस्तान जाने भलिबल टोलीलाई बिदाई

किर्गिस्तान जाने भलिबल टोलीलाई बिदाई : Icon Khabar

काठमाडौं, जेठ ३२ । किर्गिस्तानको राजधानी बिस्केकमा आयोजना हुने काभा नेशन्स भलिबल लिगमा प्रतिस्पर्धा गर्न जाने पुरुष भलिबल टोलीलाई आज एक कार्यक्रमविच राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्गले खादा र राष्ट्रिय झण्डा प्रदान गर्दै शुभकामना सहित बिदाई गरेको छ ।

नक्सालस्थित होटल क्राउन प्लाजामा भएको विदाई कार्यक्रममा सदस्य सचिव घिसिङ्गले नेपाली टोलीको प्रदर्शनको प्रशंसा गर्दै राज्यको लगानी भए अनुरुप खेलाडीको काँधमा जितको बोझ थपिएको बताए । उनले यो प्रतियोगिता प्रतियोगितामा मात्र नभई एशियन गेम्सका लागी तयारी प्रतियोगिता समेत रहेको बताए । उनले राज्य, जनाता र परिषदको लगानीलाई खेलाडीहरुले आत्मसाथ गर्दै विजयी भएर स्वदेश फर्कनेमा आफु आशावादी रहेको बताए ।

टोली भोली किर्गिस्तान तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

संघका कोषाध्यक्ष श्याम कृष्ण श्रेष्ठको नेतृत्वमा बिस्केक जाने टोलीमा खेलाडीहरुमा भिम बहादुर गाहा, लोकेन्द्र राज गिरी, हेमन्त बहादुर मल्ल, रविन चन्द, टेक राज अवस्थी, मान बहादुर श्रेष्ठ, धन बहादुर भट्ट क्षेत्री, दुर्गा बहादुर खड्का, सफल बिश्वकर्मा, हरी बहादुर अधिकारी, राजेन्द्र बिष्ट र हरी हजुर थापा रहेका छन् । यस्तै टिम प्रशिक्षकमा जगदिश प्रसाद भट्ट र सहायक प्रशिक्षकमा भरत यादव रहेका छन् ।

Published Date: 15 June 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय