हरिबहादुर श्रेष्ठद्धारा लिखित “समाज विकासको एक झलक” नामक पुस्तक मंगलबार सार्वजनिक

हरिबहादुर श्रेष्ठद्धारा लिखित “समाज विकासको एक झलक” नामक पुस्तक मंगलबार सार्वजनिक : Icon Khabar

भक्तपुर, जेठ ३० । वरिष्ठ साहित्यकार हरिबहादुर श्रेष्ठद्धारा लिखित “समाज विकासको एक झलक” नामक पुस्तक मंगलबार भक्तपुरमा एक कार्यक्रमबीच सार्वजनिकीकरण भएको छ।

श्रेष्ठद्धारा ४५ वर्ष भन्दा अगाडि लिखित उक्त पुस्तकमा विभिन्न विषयवस्तुहरुको संकलन रहेको जनाइएको छ। पुस्तकमा समाज विकासका विविध विकाशक्रमहरु उल्लेख छन् । समाजको उत्पति, विकासक्रम, दास समाज, सामन्ती समाजलगायतका विविध विषयहरु पुस्तकमा समावेश छन् ।

वरिष्ठ राजनीतिज्ञ एवं नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें रोहितको साहित्यिक नाम हरिवहादुर श्रेष्ठ हो । उनै विजुक्छें भारतको प्रवास जीवनमा हुँंदा लेखिएका विषयवस्तुहरुको संकलन पुस्तकमा रहेको जनाइएको छ ।

लेखक हरिबहादुर श्रेष्ठसँगै वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, सहप्राध्यापक एवं इतिहासविद् विश्वमोहन जोशी, स्रष्टा समाज नेपालका अध्यक्ष लक्ष्मणराज जोशीद्वारा सो पुस्तक “समाज विकासको एक झलक” संयुक्त रुपमा पुस्तक सार्वजनिकीकरण गरेका थिए।

कार्यक्रममा लेखक हरिबहादुर श्रेष्ठ विजुक्छेंले राजनीतिक आन्दोलनलाई सघाउ पुर्याउन लेखिएका कुराहरु आजका दिनमा पनि उतिकै महत्वपूर्ण रहेकाले ढिला भए पनि पुस्तक प्रकाशित गरेको बताए। सो पुस्तकको मूल्य तिन सय रुपैयाँ रहेको छ र उक्त पुस्तकलाई स्रष्टा समाज नेपालले प्रकाशन गरेको हो।

Published Date: 13 June 2023
ताजा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता