रोजगारीको सुनिश्चितता र आार्थिक समानता हुने राजनैतिक व्यवस्था नै समाजवादी व्यवस्था

रोजगारीको सुनिश्चितता र आार्थिक समानता हुने राजनैतिक व्यवस्था नै समाजवादी व्यवस्था : Icon Khabar

 भक्तपुर, जेठ ३० । बागमती प्रदेश शिक्षा तालिम केन्द्र धुलिखेलबाट कक्षा ११ र १२ मा सामाजिक विषय अध्यापन गर्ने माध्यमिक शिक्षकहरुको पेशागत विकास तालिमका विषयगत शिक्षकहरुको टोलीले मंगलबार भक्तपुर नगरको ऐतिहासिक तथा सांस्कृतिक पक्षको जानकारी हासिल गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाको अध्ययन अवलोकन भ्रमण गरेको छ । टोलीले भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग भेटी भक्तपुर नपाको शैक्षिक अवस्थाबारे जानकारी लियो ।

भेटका क्रममा नगर प्रमुख प्रजापतिले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, खानेपानी, विकास निर्माणलगायत जनताका आधारभूत आवश्यकता पूरा गर्दै भक्तपुर नगरपालिकाले नेमकिपाको घोषणापत्रअनुरुप नेपालको संविधानले कल्पना गरेको समाजवादउन्मुख कार्य गर्दै आएको बताए ।

उत्पादनका मुख्य मुख्य साधनहरु सामाजिकीकरण, शिक्षा र स्वास्थ्य उपचारजस्ता जनताका आधारभूत आवश्यकताका विषयहरु निःशुल्क, रोजगारीको सुनिश्चितता र आार्थिक समानता हुने राजनैतिक व्यवस्था नै समाजवादी व्यवस्था भएको बताउँदै उनले भक्तपुर नपाले शिशुस्याहार केन्द्रदेखि विश्वविद्यालय तहसम्मको शिक्षालाई सस्तो र गुणस्तरीय ढंगले प्रदान गर्नेमा जोड दिँदै आएको बताए ।

भक्तपुर नगरपालिकाले नगरपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयको भौतिक सुधार तथा शैक्षिक विकासका लागि विद्यालयको आवश्यकताअनुसार आर्थिक सहयोग गर्दै आएको बताउँदै विद्यार्थीहरुको आवश्यकताअनुसार शैक्षिक छात्रवृत्ति र ऋण समेत व्यवस्था गरेको छ बताए ।

उक्त कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले भक्तपुर नपाको विशेषता र तालिमका सहजकर्ता विष्णुमाया सापकोटाले अध्ययन भ्रमणको उद्देश्यमाथि प्रष्ट पारेका थिए ।

कार्यक्रमका सहभागी शिक्षकहरुले भक्तपुरको सामुदायिक विद्यालयको अवस्था, स्थानीय पाठ्यक्रम ख्वपको पहिचान, नगरको वर्तमान शैक्षिक अवस्था, सामाजिक पक्ष, शिक्षा विकासको रणनीतिक योजना तथा विविध पक्षबारे जिज्ञासा राखेको थियो ।

टोलीमा १३ वटा स्थानीय तहका २५ वटा विद्यालयका सामाजिक विषयका शिक्षक–शिक्षिकाहरुको उपस्थिति थियो ।

Published Date: 13 June 2023


ताजा
दशैँ–तिहार लक्षित सुपथ मूल्य पसल आजदेखि, ४४ जिल्लाका १९३ स्थानमा सञ्चालन
सुन र चाँदीको मूल्य घट्यो, सुन प्रतितोला १,२०० रुपैयाँले सस्तियो
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
तीन प्रदेशका तराई भूभागमा मध्यम वर्षाको सम्भावना, कहाँ-कहाँ पर्ला पानी?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु