भक्तपुरका व्यवसायी संघहरुले चारवटै स्थानीय निकायमा बुझाए संयुक्त रुपमा राय तथा सुझाव

भक्तपुरका व्यवसायी संघहरुले चारवटै स्थानीय निकायमा बुझाए संयुक्त रुपमा राय तथा सुझाव : Icon Khabar

भक्तपुर, जेठ ३० । भक्तपुरका विभिन्न निजी व्यवसायीहरुको छाता संगठन भक्तपुर घरेलु तथा साना उद्योग संघ ,भक्तपुर चेम्बर अफ कमर्श लगायत विभिन्न वस्तुगत संघहरुले संयुक्त रुपमा भक्तपुरका चारवटै स्थानीय निकायमा आगामी आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम एवं बजेटमा समेट्नु पर्ने विषयक सुझावहरु बुझाएका छन्।

विषेश गरी सम्बन्धित निकायमा संचालनमा रहेका उद्योग व्यवसायको तथ्याङ्क, कोरोनाका कारण धरासायी भएका सम्बन्धित निकायमा संचालनमा रहेको उद्योग व्यवसायलाई कर छुट, कृषि बीमामा, चिस्यान केन्द्रको स्थापना, व्यवश्थित तरकारी बजार, सम्पदा पदयात्रा, लघु, घरेलु तथा साना उद्योगलाई आन्तरिक तथा वाह्य पर्यटकसँग जोड्न गो लोकल कार्यक्रमलाई लिएर सो कुराहरु समेट्न आग्रह गरे।

हाट बजार ,मेला महोत्सव, स्थानीय उद्यमीहरुद्धारा उत्पादित वस्तु तथा सेवाहरुलाई एकै थलोमा राखि बिक्रि वितरण गर्ने उद्देश्यले कोशेली घरको स्थापना, रैथाने उत्पादनलाई पहिचान तथा संरक्षण ,घरायसी रक्सीलाई कानुनी दायरामा ल्याउनु पर्ने ,पार्टी प्यालेसबाट निस्केका फोहरलाई जैविक मल बनाउनु पर्ने, घरेलु तथा साना उद्योग प्रवर्द्धन गठन गरी निजी क्षेत्रलाई समेट्नु पर्ने ,ढक तराजुको नापतौलको डोर सम्बन्धित निकायमा ल्याउन पहल गर्नुपर्ने ,खाद्यन्न गुणस्तर विभागको एकाई गठन गर्नुपर्ने, उद्यमी व्यवसायीहरुलाई नगरपालिकाको सहकार्यमा विभिन्न बैंकहरुबाट सहुलियत ब्याजदरमा ऋणको सुविधा तथा ठुला एव साना करदातालाई व्यवसायको प्रकृति हेरी पुरस्कृत गर्नु पर्ने जस्ता विभिन्न २५ बुँदाहरुमा राय तथा सुझावमा पेश गरेका थिए।

भक्तपुर घरेलु तथा साना उद्योग संघ, भक्तपुर चेम्बर अफ कमर्श, भक्तपुर पर्यटन व्यवसायी संघ, भक्तपुर जुजु धौ व्यवसायी संघ, भक्तपुर हस्तकला संघ, भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघ, भक्तपुर किराना तथा खाद्यन्न व्यवसायी संघ, भक्तपुर क्याटरिङ्ग तथा पार्टी प्यालेस संघ, राष्ट्रिय उपभोक्ता मन्च, राष्ट्रिय कृषक महासंघ लगायत संघ/संस्थाहरुले संयुक्त रुपमा राय तथा सुझावमा पेश गरेका थिए।

Published Date: 13 June 2023
ताजा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता