रास्वपा अध्यक्ष लामिछाने र इजरायलका राजदूत हानान गोडरबीच भेटवार्ता

रास्वपा अध्यक्ष लामिछाने र इजरायलका राजदूत हानान गोडरबीच भेटवार्ता : Icon Khabar

काठमाडौं, जेठ ३० । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र नेपालका लागि इजरायलका राजदूत हानान गोडरबीच मंगलबार भेटवार्ता भएको छ ।

रास्वपा पार्टी कार्यालय बसुन्धरामा भएको भेटमा उनीहरुले नेपालको कृषियोग्य जमिन विशेषगरी चितवन जिल्लाको इच्छाकामना गाउँपालिकाको जमिनलाई इजरायली प्रविधि, ज्ञान र सीपलाई कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको केन्द्रीय समिति सदस्य प्रतिभा रावलले बताइन् ।

सो अवसरमा अन्य समसामयिक विषयमा पनि छलफल भएको थियो । बैठकमा सहमहासचिव कविन्द्र बुर्लाकोटीसहित रास्वपाका अन्य केन्द्रीय सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 June 2023
Website | + posts