रास्वपा अध्यक्ष लामिछाने र इजरायलका राजदूत हानान गोडरबीच भेटवार्ता

रास्वपा अध्यक्ष लामिछाने र इजरायलका राजदूत हानान गोडरबीच भेटवार्ता : Icon Khabar

काठमाडौं, जेठ ३० । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र नेपालका लागि इजरायलका राजदूत हानान गोडरबीच मंगलबार भेटवार्ता भएको छ ।

रास्वपा पार्टी कार्यालय बसुन्धरामा भएको भेटमा उनीहरुले नेपालको कृषियोग्य जमिन विशेषगरी चितवन जिल्लाको इच्छाकामना गाउँपालिकाको जमिनलाई इजरायली प्रविधि, ज्ञान र सीपलाई कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको केन्द्रीय समिति सदस्य प्रतिभा रावलले बताइन् ।

सो अवसरमा अन्य समसामयिक विषयमा पनि छलफल भएको थियो । बैठकमा सहमहासचिव कविन्द्र बुर्लाकोटीसहित रास्वपाका अन्य केन्द्रीय सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।

Published Date: 13 June 2023


ताजा
दशैँ–तिहार लक्षित सुपथ मूल्य पसल आजदेखि, ४४ जिल्लाका १९३ स्थानमा सञ्चालन
सुन र चाँदीको मूल्य घट्यो, सुन प्रतितोला १,२०० रुपैयाँले सस्तियो
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
तीन प्रदेशका तराई भूभागमा मध्यम वर्षाको सम्भावना, कहाँ-कहाँ पर्ला पानी?


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु