सुनिरा र अभिलाषा सेमिफाइनलमा

सुनिरा र अभिलाषा सेमिफाइनलमा : Icon Khabar

काठमाडौं, जेठ ३० । सुनिरा थापा र अभिलाषा विष्ट प्रथम राइजिङ स्टार खुला टेनिस प्रतियोगिताको महिला सिंगल्समा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा सुनिराले रायना शाहलाई ६–३ र ६–२ तथा अभिलाषाले प्रशंसा मोक्तानलाई ६–१ र ६–१ को सोझो सेटमा पराजित गरे । प्रकृति श्रेष्ठ र शुभाङ्गीलक्ष्मी शाह पनि सेमिफाइनलमा पुगे । ६–० ले अगाडि रहेको अवस्थामा प्रतिद्वन्द्वी गंगा शर्मा रिटायर्ड हर्ट भएपछि प्रकृति विजेता घोषित भइन् । शुभाङ्गीले आइसा डोल्कर गुरुङलाई ६–४, २–६ र ६–२ ले हराइन् ।

पुरुष सिंगल्समा प्रदीप खड्काले निहालजंग बहादुर थापालाई ६–१ र ६–२, आरभसम्राट हाडाले राजवीर प्रधानलाई ७–५ र ७–५, आर्यन गिरीले प्रणव मानन्धरलाई ३–६, ६–३ र ६–३, आयुशमान हजुर घलेले साहिल थापालाई ६–० र ६–१, निशान श्रेष्ठले अभिनव आचार्यलाई ६–० र ६–१, अभिषेक बाँस्तोलाले सक्षमविक्रम शाहलाई ६–० र ६–०, अकी जुवेन रावतले प्रीतम परियारलाई ६–० र ६–२ तथा प्रणव खनालले सौगात विकलाई ६–० र ६–१ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

नेपाल टेनिस संघको प्राविधिक सहयोग तथा राइजिङ स्टार टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको यु–१० ब्वाइज सिंगल्समा आर्याशराज पौडेलले विश्वविशेष डल्लाकोटीलाई ७–६ (२) र ६–४ तथा निश्चल ज्ञवालीले सुजन कुइकेललाई ६–३ र ६–३ ले पन्छ्याउदै उपाधि भिडन्त पक्का गरे ।

यु–९ ब्वाइज सिंगल्समा संघर्ष फोडार, आर्याशराज पौडेल, निश्चल ज्ञवाली र इभान भट्टराई सेमिफाइनलमा पुगे । सो स्पर्धाको गल्र्समा सरा पन्त, जीवाश्री भट्टराई, निम्ति कुँवर र थिअ श्रेष्ठले सेमिफाइनलमा स्थान बनाए । यु–१२ ब्वाइज सिंगल्समा अशभसम्राट हाडा, सानोवाज हुसैन र हभिस वंशलले सेमिफाइनल यात्रा तय गरे । उक्त स्पर्धाको गल्र्समा साल्भी शेरचन र आयुशा जिसी सेमिफाइनलमा पुगे ।

भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा कमलबहादुर भण्डारी, प्रवेश पन्त, अनिल साइ, सन्तोष खत्री, सिमान्त गुरुङ, दावा सोनाम श्रेष्ठ, छेवाङ लामा र जितेन्द्र परियारले आ–आफ्नो प्रतिद्वन्द्वीलाई पराजित गरे । ४५ वर्षमाथि पुरुष सिंगल्समा रोहित सुनुवार, महेश श्रेष्ठ, मानबहादुर कटुवाल र मोहम्मद युनुस विजयी भए ।

Published Date: 13 June 2023
ताजा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता