नेप्सेमा लगातार हरियाली, मंगलबार नेप्से परिसूचक ३४.१७ अंकले बढ्यो

नेप्सेमा लगातार हरियाली, मंगलबार नेप्से परिसूचक ३४.१७ अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, जेठ ३० । मंगलबार नेप्से परिसूचक ३४.१७ अंक बढेर २०२०.६४ विन्दुमा पुगेको छ।

आज २७० स्टकको ७० हजार ७५९ पटकको कारोबारमा ४ अर्ब १२ करोड ६६ लाख रुपैयाँ बराबरको १ करोड ८ लाख १ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ४.३२ अंक बढेको छ। त्यसैगरी, वित्त, होटल तथा पर्यटन, जीवन बीमा, लघुवित्त, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 June 2023
Website | + posts