सुदूरपश्चिम प्रदेशको आव २०८०/८१ को नीति तथा कार्यक्रम बहुमतले पारित

सुदूरपश्चिम प्रदेशको आव २०८०/८१ को नीति तथा कार्यक्रम बहुमतले पारित : Icon Khabar

धनगढी, जेठ ३० । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

मंगलबार प्रदेशसभा बैठकले २४ जेठमा प्रदेश प्रमुख देवराज जोशीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने नीति तथा कार्यक्रमको विपक्षमा मत दिएको छ । प्रदेशसभाको अर्को बैठक ३२ जेठमा बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 June 2023
Website | + posts