भक्तपुरमा विश्व रक्तदाता दिवसको अवसरमा साइकल यात्रा हुने

भक्तपुरमा विश्व रक्तदाता दिवसको अवसरमा साइकल यात्रा हुने : Icon Khabar

भक्तपुर, जेठ ३० । विश्व रक्तदाता दिवस जून १४ को अवसरमा बुधबार भक्तपुरमा साइकल यात्रा हुने भएको छ। नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखा र नेपाल स्वयंसेवी रक्तदाता समाज भक्तपुर जिल्ला समितिको आयोजनामा सो साइकल यात्रा हुन लागेको हो।

बुधबार बिहान ६ बजे नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाको भवन दुधपाटिबाट सुरू हुने सो साइकल यात्रा भक्तपुरको हाकुफोहिटी , ब्यासी, महालक्ष्मी, कमलविनायक, च्याम्हासिंह, दत्तात्रय, टौमढि, राममन्दिर, सूर्यविनायक, चुनदेवी, सल्लाघारी तीनकुने, चोङ्गा गणेश, सिद्धपोखरी हुँदै भक्तपुर बहुमुखी क्याम्पसमा गएर समापन हुने बताइएको छ। सो साइकल यात्राले जम्मा ८ किलोमिटरको दुरी पुरा गर्नेछ।

साइकल कनेक्ट भक्तपुरको समन्वयमा हुन लागेको सो कार्यक्रममा जुजु बाइक्सको प्राविधिक सहयोग हुनेछ। साइकल यात्रा पछि बिहान ८ बजे देखि सिद्धपोखरी भक्तपुरमा रक्तदान कार्यक्रम सुरू हुने आयोजकले जनाएको छ।

Published Date: 13 June 2023


ताजा
मौसम पूर्वानुमान : देशका पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना
लिवाली मेन चोकमा भजनकीर्तन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
प्रयासना गुरुङ बनिन् ‘मिस युनिभर्स नेपाल २०२६’, बिनिता ओलीलाई ‘मिस अर्थ नेपाल’को ताज


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग