भक्तपुरमा विश्व रक्तदाता दिवसको अवसरमा साइकल यात्रा हुने

भक्तपुरमा विश्व रक्तदाता दिवसको अवसरमा साइकल यात्रा हुने : Icon Khabar

भक्तपुर, जेठ ३० । विश्व रक्तदाता दिवस जून १४ को अवसरमा बुधबार भक्तपुरमा साइकल यात्रा हुने भएको छ। नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखा र नेपाल स्वयंसेवी रक्तदाता समाज भक्तपुर जिल्ला समितिको आयोजनामा सो साइकल यात्रा हुन लागेको हो।

बुधबार बिहान ६ बजे नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाको भवन दुधपाटिबाट सुरू हुने सो साइकल यात्रा भक्तपुरको हाकुफोहिटी , ब्यासी, महालक्ष्मी, कमलविनायक, च्याम्हासिंह, दत्तात्रय, टौमढि, राममन्दिर, सूर्यविनायक, चुनदेवी, सल्लाघारी तीनकुने, चोङ्गा गणेश, सिद्धपोखरी हुँदै भक्तपुर बहुमुखी क्याम्पसमा गएर समापन हुने बताइएको छ। सो साइकल यात्राले जम्मा ८ किलोमिटरको दुरी पुरा गर्नेछ।

साइकल कनेक्ट भक्तपुरको समन्वयमा हुन लागेको सो कार्यक्रममा जुजु बाइक्सको प्राविधिक सहयोग हुनेछ। साइकल यात्रा पछि बिहान ८ बजे देखि सिद्धपोखरी भक्तपुरमा रक्तदान कार्यक्रम सुरू हुने आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 June 2023
Website | + posts
ताजा
भौतिक रूपमा सञ्चालनमा नरहेका विद्यालयहरूको अनुमति काठमाडौं महानगरले खारेज गर्ने
काठमाडौंमा उत्पादित रायो सागमा अत्यधिक विषादी भेटियो
बोन्डी गोलीकाण्डपछि अष्ट्रेलियामा कडा बन्दुक कानून पारित गर्ने तयारी
मंगलबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ५ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न