सोमबार नेप्से परिसूचक ७.७९ अंकले बढ्यो

सोमबार नेप्से परिसूचक ७.७९ अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, जेठ २९ । आज नेप्से परिसूचक ७.७९ अंकले बढेर १९८७.८७ विन्दुमा पुगेको छ। लगातार बढ्दो क्रममा रहेको नेप्से परिसूचकले बिहीबार १९८० को अवरोधलाई परिक्षण गरेको छ। यद्यपि सूचक उक्त विन्दुभन्दा माथि नै बन्द भएको छ। कारोबार रकम पनि झण्डै ३ अर्ब पुगेको छ।

आज २ अर्ब ८८ करोड ६५ लाख ९ हजार ४१५ रुपैयाँको ७४ लाख ५४ हजार ७ कित्ता शेयर खरिदबिक्री भएको छ। अघिल्लो दिनको तुलनामा भने कारोबार रकम केहि घटेको छ।

अभियान लघुवित्त र कालिञ्चोक दर्शनको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने भुगोल इनर्जीकाे ९.९९ प्रतिशत, सिटी होटलको ९.९८ प्रतिशत र चन्द्रागिरी हिल्सको ९.९८ प्रतिशतले बढेको छ। यता सगरमाथा जलविद्युतको शेयरमूल्य ३.९० प्रतिशतले घटेको छ भने युनाइटेड इदी माेदीको ३.८० प्रतिशत र सुपर मादी हाइड्रोपावरको ३.७६ प्रतिशतले घटेको छ।

सोमबार सोल्टी होटलको सबैभन्दा धेरै १५ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने हिमालयन डिस्टिलरीको १० करोड ११ लाख र शिव श्री ९ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 June 2023
Website | + posts
ताजा
निरन्तर छैठौँ कारोबार दिन घट्यो नेप्से, कारोबार रकम पनि घट्यो
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.७ डिग्री सेल्सियस
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरको कालिका डेरीदेखि भत्केपाटीसम्मको बाटो १० वर्षदेखि अलपत्र, स्थानीय त्रसित
भक्तपुर युवा टिमको जर्सी सार्वजनिक, सहिद स्मारक सी–डिभिजन क्वालिफायर २०२५ मा पहिलो पटक सहभागिता