दोश्रो साक चेस च्याम्पियनसिप भोलीबाट हुने

दोश्रो साक चेस च्याम्पियनसिप भोलीबाट हुने : Icon Khabar

काठमाडौँ, जेठ २९ । नेपाल बुद्धिचाल महासंघको आयोजनमा दोश्रो साक ९क्ब्ऋऋ० चेस च्याम्पियनसिप २०२३ भोलीबाट हुने भएको छ ।

असार ४ गते सम्म गोदावरीस्थित होटेल भ्यु भृकुटीमा पुर्ण आवासीय सुविधा सहित हुने प्रतियोगितामा महिला र पुरुष गरि दुई स्वर्ण पदकका लागि दक्षिण एशियाका आयोजक नेपाल सहित भारत, बंगलादेश, पाकिस्तान, मालदिभ्स, श्रीलंका, भुटान र अफगानिस्तानका १० महिला र १० पुरुष खेलाडीहरुले राउण्ड रोविनको आधारमा प्रतिस्पर्धा गर्ने आज आयोजित पत्रकार सम्मेलनमा जनाकारी गराईयो । च्याम्पियनसिपको पहिलो संस्करण बंगलादेशमा खुला प्रतिस्पर्धाको आधारमा भएको थियो ।

दक्षिण एशियाका प्रत्येक राष्ट्रबाट १ महिला र १ पुरुष खेलाडी, डिफेन्डिङ्ग च्याम्पियन १ महिला र १ पुरुष तथा आयोजक नेपालबाट थप १ महिला र १ पुरुष खेलाडी गरि १०÷१० खेलाडीहरुले स्वर्ण पदकका लागी प्रतिस्पर्धा गर्ने आयोजकले जनाएका छन् ।

नेपालबाट पुरुष तर्फ बर्तमान च्याम्पियन फिडेमास्टर रुपेश जयसवाल र रनरअप सुरवीर लामा तथा महिला तर्फ राष्ट्रिय च्याम्पियन फिडेमास्टर सुजना लोहनी र रनरअप सुशीला गुरुङ्गले प्रतिस्पर्धा गर्ने छन् । यस्तै अफगानिस्तानले च्याम्पियनसिपमा सहभागिता नजनाउने भए पश्चात साउथ एशियन चेस काउन्सीलका अध्यक्षको परामर्शमा थप एक÷एक नेपाली खेलाडीले उक्त च्याम्पियनसिपमा सहभागिता जनाउन पाउने भएको अध्यक्ष बिदुर गौतमले पत्रकार सम्मेलनमा जानकारी गराए ।

पहिलो संस्करणका पुरुष तर्फका विजेता भारतीय ईन्टरनेशनल मास्टर नुवइरशशाह सेख र महिला तर्फकी विजेता बंगलादेशकी वुमन ईन्टरनेशनल मास्टर सुल्तान सरमीन सिरिनले च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने छन् । यस्तै ग्रान्डमास्टर सायनतन दासले पनि यस च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

अनुमानित ४० लाखको बजेट रहेको च्याम्पियनसिपमा पुरुष तर्फ शिर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीहरु प्रथमले नगद १ लाख ५० हजार, दोश्रोले १ लाख र तेश्रोले नगद ५० हजार प्राप्त गर्नेछन् भने महिला तर्फका विजयी खेलाडीले नगद १ लाख, दोश्रोले ६० हजार र तेश्रोले नगद ४० हजार प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 June 2023
Website | + posts










ताजा
सोमबार नेप्से परिसूचक ३१.७८ अंकले बढ्यो
आइतबारसम्म मुलुकभर ७२.१४ प्रतिशत मात्र धान रोपाइँ, यो वर्ष धान उत्पादन घट्ने अनुमान
ट्रम्पले ओबामा पक्राउ परेको एआई भिडियो आफ्नो ट्रुथ सोसल खातामा पोस्ट गरेपछि…
भोटेकोशीमा आएको बाढीले पुर्‍याएको क्षतिले बीमा कम्पनीहरूमा पर्यो २८ करोड ९२ लाख रूपैयाँको दाबी










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट
सल्लाघारीको निकोल्सन कलेज/सेकेण्डरी स्कुलमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुला