निजामती कर्मचारीले कार्यालय समयमा टिकटक बनाए कारबाही गर्ने

निजामती कर्मचारीले कार्यालय समयमा टिकटक बनाए कारबाही गर्ने : Icon Khabar

काठमाडौं, जेठ २९ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीले कार्यालय समयमा टिकटक बनाए कारबाही गर्ने भएको छ । मन्त्रालयले एक सूचना प्रकाशित गरी कार्यालय समयमा टिकटक नबनाउन निर्देशनसमेत दिएको छ ।

कार्यालय समयमा कार्यालयको पोसाक लगाएर, कार्यालयको सवारीसाधन प्रयोग गरेर र कार्यालय हाताभित्र टिकटक बनाउन रोक लगाइएको मन्त्रालयका सहसचिव एवम् प्रवक्ता कमलप्रसाद भट्टराईले बताए।

पछिल्लो समय टिकटकमा निजामती कर्मचारी उच्छृङ्खल भएको भन्दै गुनासो आएकाले उक्त कदम चालिएको मन्त्रालयले जनाएको छ ।

Published Date: 12 June 2023
ताजा
नेपाली कांग्रेसका सभापति गगन थापाको निवास अगाडि पनि शंकास्पद् गाडी
बैंककको पबमा भीषण आगलागी : २७ जनाको मृत्यु, ६३ घाइते
सोमबार नेप्से छब्बिस सय बिन्दुबाट तल झर्यो
काठमाडौंका विभिन्न मिडिया हाउसअगाडि बेवारिसे गाडी, प्रहरीले थाल्यो अनुसन्धान


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय