त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलोभन्दा बढी चरेससहित जर्मन नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलोभन्दा बढी चरेससहित जर्मन नागरिक पक्राउ : Icon Khabar

काठमाडौं, जेठ २९ । एक जना जर्मन नागरिक ६ किलोभन्दा बढी चरेससहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

टर्किस एयरलाइन्सबाट काठमाडौंबाट इस्तनाबुल हुँदै सुत्तगार्ट जाँदै गरेका उनलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा ६३ वर्षीय पल रिस्ट रहेको लागुऔषध नियन्त्रण व्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।

उनले सुटकेसमा कार्बन पेपरले बेरेर चरेस लुकाएका थिए । विमानस्थल प्रहरीले जाँच गर्दा सो चरेस बरामद भएको थियो । त्यसपछि प्रहरीले लागुऔषध नियन्त्रण व्युरोको जिम्मा लगाएको थियो ।

व्युरोका प्रहरी उपरीक्षक जोशीले उनको साथबाट ६ किलोभन्दा बढी चरेस बरामद भएको र थप अनुसन्धान भइरहेको जानकारी दिए ।

Published Date: 12 June 2023
ताजा
नेपाली कांग्रेसका सभापति गगन थापाको निवास अगाडि पनि शंकास्पद् गाडी
बैंककको पबमा भीषण आगलागी : २७ जनाको मृत्यु, ६३ घाइते
सोमबार नेप्से छब्बिस सय बिन्दुबाट तल झर्यो
काठमाडौंका विभिन्न मिडिया हाउसअगाडि बेवारिसे गाडी, प्रहरीले थाल्यो अनुसन्धान


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय