त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलोभन्दा बढी चरेससहित जर्मन नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलोभन्दा बढी चरेससहित जर्मन नागरिक पक्राउ : Icon Khabar

काठमाडौं, जेठ २९ । एक जना जर्मन नागरिक ६ किलोभन्दा बढी चरेससहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

टर्किस एयरलाइन्सबाट काठमाडौंबाट इस्तनाबुल हुँदै सुत्तगार्ट जाँदै गरेका उनलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा ६३ वर्षीय पल रिस्ट रहेको लागुऔषध नियन्त्रण व्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।

उनले सुटकेसमा कार्बन पेपरले बेरेर चरेस लुकाएका थिए । विमानस्थल प्रहरीले जाँच गर्दा सो चरेस बरामद भएको थियो । त्यसपछि प्रहरीले लागुऔषध नियन्त्रण व्युरोको जिम्मा लगाएको थियो ।

व्युरोका प्रहरी उपरीक्षक जोशीले उनको साथबाट ६ किलोभन्दा बढी चरेस बरामद भएको र थप अनुसन्धान भइरहेको जानकारी दिए ।

Published Date: 12 June 2023
Website | + posts




















ताजा
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने
भक्तपुर नगरबाट देखिएको लाङटाङ लिरुङ, दोर्जे लाक्पा र जुगल हिमालको मनमोहक दृश्य
सरकारी निर्देशन र विधान उल्लंघनको आरोपमा एनप्याब्सन निलम्बित


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक