पूर्वतयारीका गतिविधिलाई मजबुत ढंगले कार्यान्वयन गर्न सके विपद्लाई रोक्न सकिन्छ: स्वास्थ्यमन्त्री बस्नेत

पूर्वतयारीका गतिविधिलाई मजबुत ढंगले कार्यान्वयन गर्न सके विपद्लाई रोक्न सकिन्छ: स्वास्थ्यमन्त्री बस्नेत : Icon Khabar

काठमाडौं, जेठ २९ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले विपद् जोखिम न्यूनीकरण (डिआरआर)को पहिलो सर्त प्रारम्भिक तयारी हुनुपर्ने बताउँदै पूर्वतयारीका गतिविधिलाई मजबुत ढंगले कार्यान्वयन गर्न सके धेरै विपद्लाई रोक्न सकिने बताएका छन्।

मन्त्री बस्नेतले प्रारम्भिक तयारीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सके विपद्बाट हुने क्षतिलाई पनि न्यूनीकरण गर्न र उद्धार कार्यमा सहजता पुग्ने बताए ।

आइतबार सिंहदरबारमा विपद् व्यवस्थापन सम्बन्धमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले विगतमा उद्धारका लागि पर्याप्त औजार र उपकरण नहुँदाको अनुभव बताउँदै त्यस्ता सामग्रीलाई समयमै लैजान आवश्यक रहेको बताए ।

‘यस विषयलाई गम्भीरतापूर्वक लिएर विपद्का बेला फैलिन सक्ने महामारी र सरुवा रोगसँग जुध्न तयारी गरौँ’, मन्त्रीले आग्रह गरे ।

साथै, मन्त्री बस्नेतले डिआरआरको पूर्वतयारीका लागि आफ्नो मन्त्रालयले तयारी गरिरहेको र मातहतका निकायलाई त्यसका लागि निर्देशन दिएको बताए । कोभिड–१९ को महामारीले नेपालमा नराम्ररी प्रहार गरिसकेको बताउँदै उनले समयमै सावधानी अपनाएमा यस महामारीबाट मुलुकले कम क्षति बेहोर्ने देखाएको तर्क गरे ।

साथै, मन्त्री बस्नेतले विपद्को समयमा तत्काल ढुवानी गर्न नसकिने डिआरआरसँग सम्बन्धित वस्तु तथा सेवा विपद्अघि ढुवानी गर्नुपर्ने आवश्यकता औंल्याए ।

उनले विपद्को समयमा आवश्यक न्युनतम अत्यावश्यक वस्तुको व्यवस्था गर्न आग्रह गर्दै जिल्लाका सम्बन्धित निकायमा परिपत्र पठाएको जानकारी दिए ।

Published Date: 12 June 2023
ताजा
काठमाडौँ उपत्यकाको प्रमुख खानेपानी आपूर्ति केन्द्र सुन्दरीजलमा पनि खानेपानी अभाव
इरान–अमेरिका द्वन्द्व थप चर्कियो: १४० सैन्य लक्ष्यमा अमेरिकी आक्रमण, होर्मुज जलसन्धि बन्द
आज आइतबार र भोलि सोमबार धेरै भारी वर्षा हुने सम्भावना
आइतबार सुनको मूल्य सामान्य बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण